गौर,२८ असोज ।
पुर्व सांसद आलम प्रक्राउ परे पछि मृतकका परिवारले जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र बहादुर खत्री र डिएसपी नबिन कार्कीको खुलेर प्रसंशा गरेका छन् ।
सर्वोच्च अदालतको आदेश पछि जिल्ला प्रहरी कार्यालय गौरमा ९ जना एसपी आए र गए । ’जुन जोगी आएपनि कानै चिरेको’भनेजस्तो थियो,तर एसपी खत्री र डिएसपी कार्कीका कारण केही हद सम्म न्याय पाएको पीडित परिवारले प्रतिक्रिया दिएका छन् ।
घट्ना भएपश्चात महेश विक्रम साह,गोबिन्दराम परियार,उमेश रंजितकार,सानुबाबु थपलिया,प्रधुम्न कार्की,गणेश रेग्मी,यज्ञ बिनोद पोख्रेल,रबिन्द्र केसी र केदार ढकाल एसपीका रुपमा रौतहट आएका थिए । उनीहरु कसैले पनि अदालतको आदेशको पालना गर्नेतर्फ ध्यान नदिएको पीडित परिवारको आरोप छ । ९ जना एसपी मध्य कसैले आलमलाई पक्रने हिम्मत गरेका थिएनन् । उनीहरु आदेशको कार्यान्वयन नै नगरी चुपचाप बसेका कारण बमकाण्ड ओझेलमा पर्दै आएको थियो । त्यसपछि पीडितपरिवार मानहानीको मुद्दा लिएर फेरी सर्वोच्च अदालत गएका थिए । सर्वोच्चका पत्र पछि प्रहरी प्रधान कार्यालयले चासो देखायो र जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भुपेन्द्र खत्रीले साहस देखाउ“दै आलमलाई पक्राउ गरेर साहसी काम गरेका छन् । उनको कांग्रेस बृतबाहेक सबैले खुले प्रसंसा गरेका छन् र गर्न पनि जरुरी रहेको पीडित परिवारको भनाई छ । आखिर अपराध र अपराधी जो सुकै भएपनि कानुन सबैका लागी बराबर हुन्छ,त्यो एसपी खत्रीले साबित गरेर केही हद सम्म भएपनि न्याय दिलाएको उनिहरुको भनाई छ ।


