चन्द्रनिगाहपुरको क्वारेन्टाईन संचालनमा

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा क्वारेन्टाईन संचालनमा ल्याइएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाईरस बाट जोगाउन महिला एकेडेमीको लागि एन्फाले निर्माण गरेको सुबिधा सम्पन्न आधुनिक भबन लाई चन्द्रपुर नगरपालिका सहितको चार वटा नगरपालिकाको संयुक्त सहयोगमा अस्थायी क्वारेन्टाईन बनाइएको हो ।
क्वारेन्टाईनमा ६० वटा बेड राखिएका छन् भने चारैदिशामा सेन्ट्रि पोष्टको निर्माण गरिएको छ । चन्द्रपुर नगरपालिकाको २० लाख, गुजरा नगरपालिका, बृन्दाबन नगरपालिका र गडिमाई नगरपालिकाको जनही १० लाखको दरले ५० लाख रुपैयाँको बजेटमा सो क्वारेन्टाईन संचालनमा ल्याइएको हो । कोरोना भाईरस विरुद्धको संक्रमण रोक्न स्थापना गरिएको क्वारेन्टाईनमा आंशकित ब्यक्ति लाई चिकित्सकको निगरानीमा राखिनेछ । भारत संग खुल्ला सिमा जोडिएको रौतहटमा तेस्रो मुलकका अलावा भारत भुमि हुदै नेपाल आएका सर्वसाधारणहरुलाई कोरोनाको सामान्य लक्षण देखिए निगरानीमा राख्नका लागि क्वारेन्टाईन स्थापना गरिएको हो । कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गरी रोकथाम तथा सम्भावित महामारी विरुद्ध न्यूनीकरण गर्न प्रभावकारी व्यवस्थापनको लागि जिल्ला सुरक्षा समिति सक्रिय रहँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles