वृन्दावन। रौतहटको वृन्दावन नगरपालिकाले महामारीका रुपमा फैलिएको कोरोना भाईरसबाट नगरबासीलाई जोगाउन हर सम्भव उपाय अबलम्बन गरेको छ । नपाले नगरबासीलाइ सुरक्षित राख्न बिभिन्न जनचेतनामुलक कार्यक्रम समेत गर्दै आएको छ । ठाउँ ठाउँमा जनचेतनामुलक पोस्टर टाँसिएको छ , लकडाउन पछिको अबस्थामा माइकिङ्ग गरिएको छ । घर घरमा मास्क बितरण , हात धुन बाल्टिन , हैण्ड्वास को ब्यबस्था गरिएको छ । नियमित रूपमा लामखुट्टे मार्ने औषधि छार्किदै आएको मेयर रामस्नेही यादबले जानकारी दिनुभयो ।
जनप्रतिनिधि तथा कर्मचारी नियमित रूपमा जनता संग प्रत्यक्ष सम्पर्कमा रहेका छन् । लकडाउनको पूर्ण पालना गर्न तथा यस अबधिमा कोहि बाहिर बाट आएको खण्डमा वा कसैलाई कोरोनाको लुनै लक्षण देखा परेमा तत्काल कÞ्वारेन्टाइनमा राख्न नगरपालिका तथा नजिकको प्रहरीलाई खबर गर्न प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले आग्रह समेत गर्नु भएको छ ।
कÞ्वारेन्टाइन सम्म पुर्याउनको लागि एम्बुलेन्स समेत तयारि अबस्थामा राखिएकोछ भने नगरबासीलाइ कोरोनाको प्रकोपबाट बचाउन नगर प्रमुख राम स्नेही राय यादव , प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र राय यादव लगायत समुर्ण जनप्रतिनिधि , कर्मचारीले खेलेको भूमिका सराहनीय रहेको स्थानीयले प्रतिक्रिया दिएका छन् । यता बृन्दावन नपा चंद्रपुर नपा, गुजरा नपा तथा गढिमाइ नपा संयुक्त रुपमा चंद्रपुरमा रहेको शेर बहादुर दर्लामी खेल मैदानमा रहेको एन्फा एकेडेमीलाई क्वारेन्टाईन बनाउन १० लाख समेत बृन्दानले सहयोग गरेको छ ।


