आश्रय निर्माण सेवा द्घारा वडा नं ८ लाई खाध्यान्न सामाग्री हस्तानतरण

चंद्रपुर २९ चैत्र / बिश्व माहामारी कोरोनो भाइरसको कारण नेपालमा लकडाउन भएको १९ दिन पुगी सकेको छ । लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्नेलाई हातमुख जोड्न समेत धाउधाउ भएको छ । यस्तै पिडालाई मध्य नजर गर्दै आश्रय निर्माण सेवा प्रा.ली ले १०० घरदुरीलाई पुग्ने खाध्यान्न सामाग्री वडा नं ८ का अध्यक्ष पासपत चौधरीलाई हस्तानतरण गरेका छन ।्

लकडाउनको कारण बिपन्न गरीब असाहाय परीवरको समस्या बिभिन्न संचार माध्यममा देखे पछि केहि भए पनि मलम लगाउन सकिन्छ कि भनि अफुले सके जति खाध्यान्न सामाग्री वडा मार्फत सहयोग गरेको आश्रय निर्माण सेवा प्रा.ली का प्रबन्ध निर्देशक रामाश्रय शाहले बताउनुभयो ।
निर्माण सेवा प्रा.ली ले १०० घरधुरीलाई पुग्ने १० के.जी को १०० बोरा चामल , १ के.जी १०० बोरा नून ,२ के.जी को १०० पोका दाल ,१/२ लीटर को १०० पोका खाने तेल सहयोग गरेको आश्रय निर्माण सेवा प्रा.ली का मार्केटिंग इनचार्ज निरज तिम्लशिनाले जानकारी दिनुभयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles