रौतहट २८ जेष्ठ । रौतहटमा आज एकै दिन थप ५३ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो सङै रौतहटमा सन्क्रमितको संख्या ४ सय ७४ पुगेको जिल्ला प्रसासन कार्यालय रौतहटले जानकारी दिएको छ । आज गौर नगरपालिकामा २३, ईशनाथ नगरपालिकामा १४, राजपुर नगरपालिकामा १४ र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार बुधबार ५३ जनामा कोरोना संक्रमणको देखिएको हो । संक्रमण देखिएका सबै भारतबाट आएका हुन ।सिमा क्षेत्रबाट उनीहरुलाई सम्बन्धित पालिकाले सोझै क्वारेन्टीनमा लगेर राखेको थियो ।संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।


