भ्रमको खेती नगर्न क्षेत्र नं. ४ का सभापतिको चेतावनी

रौतहट ९ साउन । रौतहटकाे निर्वाचन क्षेत्र नं. ४ का नेपाली काग्रेसका क्रियासिल सदस्यहरुलाई झुटो कागजात देखाउदै हिड्ने काग्रेस कार्यकर्ताहरु कारवाहीमा पर्ने भएका छन । नेपाली काग्रेस क्षेत्रिय कार्य समिति रौतहट क्षेत्र नं. ४ ले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्षेत्रिय सभापति रामस्नेही राय यादवले पार्टीको विधान विपरित पार्टीको क्रियासिल सदस्य फारम आएको भन्दै चन्द्रपुर नगरपालिकाका केही ब्यक्तिहरुबाट नगद समेत असुल्लदै आएको भनी जानकारी आएकोले त्यस्तो गरेको प्रमाणित भए विधान बमोजिम कारवाही गरिने यादवले बताउनु भयो । हालसम्म क्रियासिल फर्म जिल्लाबाट वितरण नभएको र सोको प्रक्रियामा रहेकाले क्रमबद्ध रुपमा आउने अबस्थामा रहेको चन्द्रपुर नगर सभापति तथा प्रदेश २ का प्रदेश सांसद धनलाल थोकरले जानकारी दिनु भयो । नेपाली काग्रेस क्रियासिल सदस्य फर्म विधान अनुरुप वितरण हुने समेत काग्रेसप्रति आस्था राख्नु हुने कार्यकर्ताहरुलाई विज्ञप्तिमार्फत जानकारी गराइएको क्षेत्रिय समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles