रौतहट १३ साउन । गएराती चन्द्रपुर नगरपालिकाको मुख्य चौक बाट दुई वटा मोटरसाईकल चोरी भएको छ । एक साता यता मोटरसाईकल चोरी गर्ने गिरोह सक्रिय भएको छ । चन्द्रनिगाहपुरको चौधरी चिया पसल अगाडी पार्क गरेर राखेको अवस्थामा अधिकार लामिछानेको २ सय २० सिसीको अनटेष्ट पल्सर मोटरसाईकल र सर्ब श्रेष्ठ होटल पछाडि कुमार प्रसाईको घर बाट सन्तोष उप्रेतीको ज ८ प ७२५ नम्बरको मोटरसाईकल चोरी भएको छ ।
गत साउन ०९ गते चन्द्रपुर ०४ मा रहेको न्यु होराईजन मण्टेशरी अगाडि पार्क गरी राखीरहेको अवस्थामा लोकहरी पोखरेलको ना ६१ प ४३०६ नं को पल्सर मोटरसाईकल दिउसो चोरी भएको थियो । बागमति न.पा ०४ निवासी लोकहरी पोखरेल कामको सिलसिलामा चन्द्रनिगाहपुर आएका थिए ।
सन्तोष उप्रेती ससुराली घर आएकै दिन मोटरसाईकल चोरी भएको जनाइएको छ । छोरी ज्वाई मोटरसाईकलमा आउनु भयो, घर अगाडी मोटरसाईल लाई त्रिपालले छोपेर हामी सुत्न कोठामा गयौ बिहान आएर हेर्दा मोटरसाईकल छैन त्रिपाल मात्र देखेपछि मोटरसाईकल चोरी भएको थाहा पायौ कृष्ण प्रसाईले भन्नु भयो यस्तो भएपछि नागरिकको सम्पतिको रक्षा कसरी हुन्छ । मोटरसाईकल चोरी हुन थालेपछि स्थानीय चिन्तित हुन थालेका छन । मुख्य चौक बाट मोटरसाईकल चोरी गरेर गन्तब्यस्थानमा चोरहरुले सहजै पुरयाउने गरेको पाइएको छ ।
तर पाँच वटा भन्दा बढि मोटरसाईकल चोरी हुदा समेत ती मोटरसाईकल चोरी गर्ने गिरोह प्रहरीले पक्राउ पर्न सकेका छैनन । मोटरसाईकल चोरीको खबर सुन्ना साथ मातहत सहितका प्रहरी परिचालन गर्ने गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीले बताउनु भयो ।
#मोटरसाईकल# चोरी


