“वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्च” रौतहटको अध्यक्षमा लामीछाने

रौतहट,२५ साउन
“वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्च” रौतहट जिल्लाको अध्यक्ष पदमा रौतहट चन्द्रपुर ०४ निवासी अधिकार लामीछाने चयन भएका छन् ।“वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्च” को केन्द्रिय समीतिले हिजो २६ वटा जिल्ला अध्यक्ष चयन गरेको थियो ।यसै गरी रौतहट जिल्लाको अध्यक्षको रुपमा अधिकार लामीछानेलाई जिम्मेवारी दिइएको छ ।
“वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्च” वी.पी. कोइरालाको विचारलाई आजको जिवनसापेक्षतामा गतिशिल ढंगले बुझ्ने,विश्लेषण गर्ने र भावी पिढिको संग एकाकर गर्ने गुरुत्तर दायित्व आजको युवापंत्तिले निर्वाह गर्नुको साथसाथै लोकतन्त्रमा विश्वास राख्ने,लोकतन्त्रमा आफ्नो भविष्य खोज्ने,लोकतन्त्रमानै समुन्नत नेपालको सपना देख्ने युवाहरुको नेतृत्व एंव ब्यक्तित्व विकास गर्ने साझा चौतारी हो ।
यस्तै अध्यक्षको जिम्मेवार पाएका लामीछानेले यस मञ्चमा आबद्ध भएर
युवाहरुको नेतृत्व एंव ब्यक्तित्व विकास राम्रो भुमिका निर्वाह गर्ने प्रतिबद्धा गरे ।
सबैको साथ र सहयोग बाटनै समाजमा आफ्नो दायीत्व पुरागर्न सक्ने लामीछानेको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles