रौतहटमा एकैदिन कोरोनाका १५ नयाँ संक्रमित थपिए

गौर,२६ साउन। जिल्ला प्रशासन कार्यालय रौतहटले साउन २४ देखी गरेको निषेधाज्ञाको दोस्रो दिन साउन २५ गते आइतबार जिल्लामा कोभिड १९ का १५ नयाँ संक्रमित थपिएका छन् । थपिएका सबै संक्रमित गौर नगरपालिकाका हुन् ।
संक्रमित कुल १५ मध्ये ७ जना वडा नं. ५ का स्थानीय हुन् भने खानेपानी संस्थानका ४ जना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । गौर नगरपालिका ९ सिसवाका २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले बताए ।
एकै दिन ठूलो संख्यामा संक्रमण देखिएपछि गौरमा त्रास बढेको छ । रौतहटमा समुदाय स्तरमा संक्रमण फैलिएपछि साउन २४ देखि ३२ गते सम्मको लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । हाल रौतहटको २ आइसोलेसनमा १४ जना संक्रमित उपचारको क्रममा रहेका छन् । आइतबार संक्रमित भएकाहरुलाई गरुडाको बिर्तामा रहेको नेपाल प्रहरीको विद्यालय र चन्द्रपुरको शहीद पार्कमा निर्माण भएको आइसोलेसनमा राखिने छ । संक्रमित भेटिएका सबैका कन्ट्याक्ट ट्रेसिङको काम शुरु हुने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश साहले बताए । यसअधि रौतहटको आइसोलेसनबाट १ हजार ३ सय २३ जना कोरोना संक्रमितहरु कोरोनाको लडाई जितेर घर फर्किसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles