वीरगञ्ज,२६ साउन । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज १५ भेडियाही बस्ने ४५ वर्षीया महिलाको मृत्यु भएको हो
।शनिबार राति नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा ४५ वर्षीया महिलाको मृत्यु भएको थियो । आइतबार उनको स्वाब निकालेर पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए । योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । यसअघि वीरगञ्जमा फेला परेको एउटा बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । बाराका २ जना र रौतहटका १ जनाको पनि उपचारको क्रममा वीरगञ्जमै मृत्यु भएको थियो ।


