पर्सामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १ हजार ४८ पुग्यो

बिरगंज,२६ साउन। पर्सामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ४ जना स्वास्थ्यकर्मी र ४ जना प्रहरीसहित २२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।
पर्साको पोखरीया अस्पतालका १ जना चिकित्सक, १ जना नर्स, १ जना अहेब, नारायणी अस्पतालकी १ जना नर्स गरी ४ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो । यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४ जना प्रहरी पनि संक्रमित भएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । त्यस्तै म्यानस फर्मा उद्योगका ३ जना कर्मचारी, वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का ४ जना, वडा नम्बर १२ का २ जना, वडा नम्बर २, ८, १५ र १६ का १÷१ जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालका मेसु उपाध्यायले जानकारी दिए । योसंगै पर्सा जिल्लामा संक्रमितको संख्या १ हजार ४८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles