रौतहटमा पुजारीको गोलिहानी हत्या

गौर । गएराती रौतहटमा गोली प्रहार गरी एक पुजारीको हत्या गरिएको छ । जिल्लाको माधव नारायण नगरपालिका २ खेसरहिया स्थित हनुमान मंदिरका पुजारी श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । उनी ६५ बर्षका बृद्ध हुन । बुधबार सांझ ९ बजे पुजारी साह मन्दिर अगाडि खाना खान लागेको समयमा अज्ञात समुहले उनको कन्चटमा गोलि हानेको थियो । गोली लागेका पुजारीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । हनुमान मंदिर गाउँ भन्दा टाढा एकान्तमा रहेकाले घटनाको पुर्ण विवरण आउन नसकेको प्रवक्ता श्रेष्ठले बताए । माधव नारायण २ खेसरहियाको चारै नाका र भारतीय सिमानामा समेत सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको र घटना कसले घटाएको भन्ने कारण हालसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles