पुजारीको हत्या गर्नेलाई हिन्दू परिषद नेपालद्वारा कड़ा कारवाहीको माग

रौतहट। माधवनारायण नगरपालिका वडा नं.२ खेसरहीया स्थित श्री हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरिएको घटनाको हिन्दू परिषद नेपालले घोर भत्सर्ना गरेको छ ।
परिषदका केन्द्रिय अध्यक्ष संतोष पटेल र महासचिव अनिरुद्ध सिंह द्वारा संयुक्त रुपमा जारि प्रेस विज्ञप्तिमा उक्त घटनाको दोषीलाई अबिलम्ब पक्राउ गरी कडा कारवाही गर्न नेपाल सरकार संग माग गरेका छन् । साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकै बाट कन्चटमा गोली हानेका थिए ।

विज्ञप्तिमा लिखिए अनुसार मुलुकमा दिन प्रति दिन हिन्दू आस्था माथि खेलवाड़को घटना बढ्दै गएको छ।कहिले मठ-मन्दिर माथि आक्रमण, कहिले पूजापाठ हुने ठाउँमा गैर हिन्दूहरुको अनावश्यक चलखेल,सरकारी एवं गैर सरकारी निकायको मिलेमतोमा धर्म परिवर्तन र राजनीतिक दलका नेताहरुको हिन्दू बिरोधी अभिब्यक्ति सनातन धर्म माथि बारम्बार प्रहार हुनु आफैमा चिन्ताजनक रहेको र अब त अति नै भएको बिज्ञप्तिमा जनाईएको छ। बिज्ञप्तिमा स्थानीय सुरक्षा प्रमुखहरु र प्रदेश न.( २ सुरक्षा प्रमुख लाई यो घटना लाई गंभीर रुपमा लीन अनुरोध गर्दै पुजारी ज्यूलाई न्याय दिलाऊँन हिन्दू परिषद नेपाल प्रतिबद्ध रहेको जनाईएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles