नवराज चौलागाईं,
निजगढ,१८ भाद्र ।
कोरोना भाईरस संक्रमितहरुको उपचारकोलागी निजगढ नगरपालिकाले आईसोलेसन निर्माण गरेकोछ । निजगढ उध्योग वाणिज्य संघको सभाहलमा नगरालिकाले १९ बेड क्षमताको आईसोलेसन निर्माण गरेकोहो ।
आईसोलेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको र निर्माण सम्पन्न भएसंगै नगर भित्र देखापर्ने सामान्य अवस्थाका कोरोना संक्रमितहरुलाई सोहि आईसोलेसन केन्द्रमा लगेर राखिने निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभयो । आईसोलेसन केन्द्रको बिहिबार निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल,उपप्रमुख लिलादेवी लामिछाने खनाल र प्रमुख प्रशाशकिय अधिकृत सुमन कार्कीले अवलोकन गर्नुभएकोछ । कलैयामा रहेको आईसोलेसनमा संक्रमितको भार बढेको र व्यवस्थापनमा कठिनाई भएपछी जिल्ला विपद वुयावास्थापन समितिको बैठकले जिल्लाका सम्पूर्ण स्थानीय तहहरुलाई आईसोलेसनको निर्माण गरि संचालन गर्ने निर्णय गरेकोथियो ।
सोहि अनुरुप सामान्य अवस्थाका कोरोना संक्रमितहरुलाई उपचार गर्नकालागी आईसोलेसन निर्माण गरिएको निजगढका मेयर सुरेश कुमार खनालले बताउनुभयो ।


