नियम पालना गर्न रौतहट प्रहरीको अनुरोध

गौर । होली पर्व नजिकिएसंगै जिल्ला प्रहरी कार्यालय, रौतहटले ट्राफिक नियमको पालना गर्न अनुरोध गरेको छ । चाडवाडको समयमा मानिसहरुको आवतजावत बढी हुने हुँदा विगतमा सवारी दुर्घटना बढी हुने गरेको तथ्याङकले देखाएको हुँदा आसन्न होली पर्वको अवसरमा दुर्घटना न्यूनिकरण गर्न प्रहरीद्वारा कडाईका साथ व्यापक चेकजाँच गरिने समेत प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले चालक अनुमति पत्र साथमा राख्न मादक पदार्थ सेवन नगरी सवारी साधन चलाउन अनुरोध गरेको छ । चेकजाँचको क्रममा ट्राफिक नियम उल्लघंन गरेको पाईएमा कडा कारवाही गरिने जिल्ला प्रहरी कार्यालय,रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles