रौतहट प्रहरीद्धारा ५० वटा अक्सिजन सिलिण्डर हस्तान्तरण

गौर । रौतहट प्रहरीले बिभिन्न क्षेत्रबाट संकलन गरेको अक्सिजन सिलिण्डर अस्पतालहरुलाई हस्तान्तरण गरेको छ । प्रहरीले सहयोगमा प्राप्त भएका ७.६ किलो तौल भएको ५० वटा अक्सिजन सिलिण्डरहरु मध्य अक्सिजन सहितको २९ वटा र १ वटा खालि गरी ३० वटा सिलिण्डर गौर अस्पताल लाई र २० वटा खालि अक्सिजन सिलिण्डर चन्द्रपुर नगरपालिका २ स्थित सहिद स्मृति पार्कको अस्थाई कोभिड अस्पताललाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता,डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियेन्ट सहितको कोभिड भाईरसबाट संक्रमित भई अस्पतालहरुमा रहेको अस्थाई कोभिड वार्डमा उपचारार्थ रहेका कोभिड संक्रमित विरामीहरुको लागि अक्सिजन सिलिण्डर अपुग हुन नदिनको निमित्त विभिन्न उद्योग तथा पसलहरुबाट सहयोग मागेर अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको प्रबक्ता श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles