गुजरा नगरपालिकाको छैठौं नगरसभा सम्पन्न

गुजरा। रौतहटको गुजरा नगरपालिकाको छैठौं नगरसभा विहिवार सम्पन्न भएको छ । सिमराभवानीपुर स्थित नगरापलिकाको प्रांगनमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको पाँचौ नगरसभा अधिवेशन ०७८÷०७९ सम्पन्न भएको हो । कार्यक्रमका सभाअध्यक्ष नगर प्रमुख सन्तलाल चौधरी र उपमेयर रौशन शेष खातुनले पानसमा बति बालेर नगरसभाको उदघाटन गर्नु भएको थियोे ।


नगर प्रमुख चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७८÷०७९ मा नगरको समग्र विकासका लागि ५५ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको हो । चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि गुजरा नगरपालिकाले आफना पाँचौं नगरसभाबाट ५५ करोड ९६ लाख ४३ हजार ३ सय ९३ रुपैयाँको बजेट विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, समपुरक अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान लगाएतको गरी सो रकम प्रस्तुत गर्नुको साथै यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, खानेपानी तथा सरसफाई, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य, लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको जानकारी दिनुभयो ।


कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय बिनोद प्रसाद जयसवाल,नगर कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु , कर्मचारीहरु, विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनितिकर्मी,सुरक्षाकर्मी, पत्रकारहरु लगायत सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles