जंगलसहिया-बाल्चनपुर सडकको दुवै किनारमा वृक्षारोपण

गुजरा । डिभिजन वन कार्यालय रौतहटको आयोजनामा जंगलसहिया बाल्चनपुर सडकको दुवै किनारमा वृक्षारोपण गरिएको छ । गुजारा नगरपालिका–३ जङलसहिया चौकदेखि बाल्चनपुर सडकको दुवै किनारमा वृक्षारोपण गरिएको हो । गुजराका मेयर सन्तलाल चौधरी र डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अमरदेव यादवले संयुक्त रूपमा बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका हुन् । जिल्ला डिभिजन वन प्रमुख यादवले सडकको दुवै किनारमा भएको वृक्षारोपणले वातावरण संरक्षणमा टेवा पुग्ने बताएका थिए । सेक्टर बन कार्यालय चोंचाका प्रमुख राजेश साहका अनुसार महोगनी,गोल्डमोहर,र कल्की फुलको एक हजार बिरुवा रोपिएको छ। वृक्षारोपण पछि बिरुवाको सुरक्षार्थ बाँसको घेरा डोल लगाइएको छ। बिरुवा संरक्षणको जिम्मा नगरपालिकाले लिएको गुजरा नपाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार जयसवालले जानकारी दिएका छन्।पहिलो चरणमा एक हजार बिरुवा रोपिने र बाँकी रहेको स्थानमा दोस्रो चरणमा पुरा हुने डिभिजन वन कार्यालय रौतहटले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles