किसानको ३ करोड भन्दा बढी रकम बैंकमै रोक्का

गरुडा–गत वर्ष उखुको भुक्तानी लामो समयसम्म नपाएको भन्दै रौतहटका किसान आन्दोलित भए । किसान, चिनी मिल र सरकारबीच बक्यौता भुक्तानी दिने सहमति भयो । मिल सञ्चालकले सम्झौताअनुसार भुक्तानी नदिएपछि सरकारले पक्राउ पुर्जीसमेत जारी ग¥यो ।
विवाद बढेपछि गरुडा नगरपालिका–५ स्थित महम्मदपुरस्थित श्रीराम सुगर मिलले फागुनदेखि किसानको बक्यौता भुक्तानी गर्न थाल्यो । तर, अन्तिम समयमा भुक्तानी रकम लिन केही किसान गएनन् । अहिलेसम्म किसानको ३ करोडभन्दा बढी रकम बैंकमै रोक्का छ ।
बक्यौता रकम दाबी गर्न किसान नआएपछि प्रशासनले मिलको खाता रोक्का गरेर राखेको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ३ करोड १२ लाख ९ हजार रुपैया“ विभिन्न कारणले भुक्तानी रोकिएको बताए । साना किसानले उखु बिक्री गरेको प्रमाण हराएको हुन सक्छ वा बिचौलियालाई चलान पुर्जी बिक्री गरेको हुन सक्छ, उनले भने,मिलले किसानलाई रकम दिने हुदा बिचौलियाले प्रमाण दिन नसकेकाले उक्त रकम बाकी बसेको हुन सक्छ ।
उखु उत्पादक संघका जिल्ला अध्यक्ष अशोक यादवले भुक्तानी लिन छुटेका किसानसित सम्पर्क गर्न लागेको बताए । अधिकांशले भुक्तानी लिइसकेका छन् । छुटेकाहरू को–को छन् भन्ने तथ्यांक संकलन गर्दै छौं,उनले भने, जिल्लाभरिका उखु किसानलाई बोलाएर छुट भएको रकम प्रमाणसहित दाबी गर्न जान भनेका छौं । चिनी मिलका फाइनान्स अधिकृत नरेन्द्रप्रसाद गुप्ताले किसानको बक्यौता रकम दाबी गर्न नआएकाले बैंकमा त्यतिकै बसेको बताए । मिलले बक्यौता भएका किसानलाई प्रमाणसहित रकम लिन आउन भनिसकेको छ,उनले भने,अहिलेसम्म नआउदा ३ करोड रकम बैंकमा मौज्दात छ ।
भुक्तानीकै कारण मिल र किसानबीच द्वन्द्व चर्किएको थियो । २०७१ सालदेखि चिनी मिलले उखु खरिद गरेबापतको उक्त रकम बक्यौता राखेको थियो । रौतहटका १० हजारभन्दा बढी किसानको ६ वर्षदेखि रकम बा“की राखेपछि उनीहरू चिनी मिलविरुद्ध आन्दोलित भएका थिए । मिलका सञ्चालक हितेश गोल्छ, विशाल अग्रवाल र उपाध्यक्ष पद्मकान्त झाविरुद्ध रौतहटका ४६ किसानले गत पुस १ गते ठगी मुद्दा दर्ता गराएका थिए । त्यसपछि मिलले भुक्तानी सुरु गरेको हो । मिलले गत फागुनमा ३७ करोड ३७ लाख १९ हजार रुपैया“ भुक्तानी गरिसकेको छ । बर्सेनि घाटा बेहोर्न बाध्य भएको भन्दै गोल्छा समूहले सञ्चालन गर्दै आएको सुगर मिल बन्द गरेपछि जिल्लाका किसान निराश छन् । वर्षदेखि निरन्तर सञ्चालनमा रहेको मिल बन्द हुदा ३ सय २५ जना मजदुरको रोजगारी गुमेको छ । कम्पनी सञ्चालक समितिको गएको साउन ९ गतेको बैठकले मिल बन्द गर्ने निर्णय गरिसकेको छ ।
मिलले अहिलेसम्म २ अर्ब १७ करोड ७५ लाख ५८ हजार घाटा बेहोरेको सञ्चालकको दाबी छ । २०४९ सालमा शिलान्यास भई २०५१ सालबाट मिलले उखु क्रसिङ थालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles