मौलापुरमा जनमत पार्टीमा प्रवेशको लहर

मौलापुर–मौलापुर नगरपालिकाको पथरा बुधराम स्थित श्री माध्यमिक विद्यालयको प्रांगणमा जनमत पार्टीमा सयौंको संख्यामा नेता कार्यकर्ताहरु प्रवेश गरेका छन् ।
जनमतका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानू को प्रमुख आतिथ्यमा एवं जनमत पार्टी रौतहटको जिल्ला सचिव बिकास कुमार यादवको विशेष आतिथ्यमा र युवा जनमत संघ रौतहटको संयोजक ज्वाला रणवीर उर्फ बिबेक को आतिथ्यमा सम्पन्न बृहत पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीमा प्रवेशको लहर देखिएको छ ।
कमुनिस्टको क्युबा भनेर चिनिने मौलपुरमा धरमेन्द्र यादवको अगुवाइमा बजरंगी जयसवाल, सरोज यादव, मोहिचन पंडित, महेन्द्र राय यादव, राम नरेश यादव, सुकनन्दन राम, सुबोध यादव, शिवपुजन ठाकुर, मुकेश यादव, इमामोदिन अंसारी, पचु राय यादव लगायत सयकडौं को संख्यामा नगर स्तरका प्रभावशाली व्यक्तिहरू जनमत पार्टीको सदस्यता लिई पार्टीमा प्रवेश गरेका छन् ।
कार्यक्रममा ललित मल्लिक शानूले नव प्रवेशीहरुलई सदस्यता प्रदान गरि फुलमाला लगाई पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि मल्लिकले दशकौंदेखि निरन्तर एउटै व्यक्ति सांसद छन पटक पटक मन्त्री भएका छन् तर क्षेत्रमा एउटा राम्रो कलेज छैन एउटा राम्रो अस्पताल छैन विकास भनेको सालिक निर्माण मन्दिर मस्जिद निर्माण होईन विकास भनेको जनताले प्रत्यक्ष सरोकार राख्ने जिवन सदुपयोगी हनु पर्दछ सरकारी बिल फर्छ्यौट मुखि होइन जनताको आय वृद्धि र रोजगारमुखि हुनुपर्छ भनेका छन् । जनमत पार्टी अधिकार, रोजगार इमान्दार र जनसरोकार मुखी पार्टी भएकोले जनमत पार्टी को विकल्प नरहेको बताएका थिए । कार्यक्रममा विशेष अतिथि विकास यादवले पार्टीको नीति तथा सिद्धान्तबारे प्रष्ट पार्नुभएको थियो त्यसै युवा जनमत संघ रौतहटको संयोजक ज्वाला रणवीरले युवाहरु लाई पार्टीमा सक्रियता पुर्बक लाग्न आवाहन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles