बजेट अभावले जनता आवास कार्यक्रम अलपत्र

चन्द्रपुर–रौतहटमा जनता आवास कार्यक्रमअन्तर्गत निर्माणधीन ८ सय ५० घर अलपत्र बनेका छन् । घरका भित्ता ठड्याइए पनि छाना हाल्न नसक्दा अलपत्र बनेका हुन् । बजेट अभाव देखाउदै छाना नहालिएको हो ।समयमा छाना लगाउन नसक्दा वर्षामा पानीले भिजेर अहिले कैयौं मुसहर परिवार समस्यामा छन् । उनीहरू कोही अर्काको घरमा शरण लिएर बसेका छन् कोही त्रिपालमुनि गुजारा गरिरहेका छन् ।
चन्द्रपुर, गौर, इशनाथ लगायत नगरपालिकामा कार्यक्रमअन्तर्गत निर्माणाधीन घरमा छाना लगाउन बा“की छ । गत फागुनमा छाना लगाउन पर्नेमा बजेट अभावले त्यत्तिकै अलपत्र परेको हो । त्यसपछि मुसहर लगायतका दलित समुदाय चैत, वैशाखको हावाहुरी र वर्षाको पानी झेल्न बाध्य भएका छन् ।
सहरी विकास तथा भवन निर्माण कार्यालय वीरगन्जका इन्जिनियर वीरेन्द्र साहले गत फागुनमा नै बजेट सकिएकाले छाना लगाउन नसकेको बताए । उसै बेला घर तयार भइसकेको थियो । बजेट भइदिएको भए छाना लगाएर बस्न मिल्ने हुन्थ्यो,उनले भने,बजेट अभावले छाना लगाउन नपाउदा विपन्नको बिजोग भयो । वर्षामा उनीहरूलाई निकै समस्या भयो ।
गएको आर्थिक वर्षमा प्रदेश २ सरकारले जनता आवासका लागि १५ करोड बजेट निकासा गरेको थियो । उक्त रकमले ८ सय ५० घरको भित्ता ठड्याइएको इन्जिनियर साहले बताए । साहका अनुसार त्यसपछि बजेटका लागि पहल गर्दा निकै समय लाग्यो । अहिले बल्ल अर्थ मन्त्रालयले १८ करोड रकम पठाएको छ ।तर त्यसको अख्तियारी नपाएकाले काम गर्न सकेका छैनौं,उनले भने । ३÷४ महिनाभित्रमा सबैका घरमा छाना लगाइसकिने कार्यालयले जनायो । कार्यक्रमअन्तर्गत जिल्लामा १ हजार ९ सय ७३ घर बनाउने योजना छ । त्यसमध्ये १ हजार १ सय ७५
वटा घर बनाउने सम्झौता भएकोमा बजेटकै कारण गत वर्ष ८ सय ५० वटा मात्र बनाउन सुरु गरेको हो । पूर्ण बजेट उपलब्ध भएको खण्डमा एउटा घर बनाउन ३ देखि ४ महिना मात्र लाग्छ ।
सहरी विकास कार्यालयका अनुसार एउटा घर बनाउन प्रदेश सरकारले ३ लाख ३६ हजार रकम उपलब्ध गराउछ ।
आवास कार्यक्रमका अनुसार भने २ कोठाको १ घर बनाउदा ३ लाख ७३ हजार लाग्छ । १० प्रतिशत घरधनीले श्रमदान गर्नुपर्छ ।यसरी घर बनाउदा समुदायबाट उपभोक्ता समिति गठन गर्नुपर्छ । समितिले पहिले किस्ताबापत ५५ प्रतिशत रकम पाउछ ।
दोस्रो ३५ र तेस्रो काम सम्पन्न भएपछि १० प्रतिशतले भुक्तानी पाउने प्रावधान छ ।
रौतहटमा २०७३ चैतमा सर्भे गरी ०७४ जेठबाट घर बनाउन थालिएको हो । कार्यक्रमका संयोजक प्रदेश २ का सांसद बाबुलाल साहलेसमयमा बजेट निकासा नहुदा निर्माण प्रभावित बनेको बताए । दुई वर्षअघि गौर नगरपालिका–८ ढागर बस्ती ४० घरको छाना लगाउन ढिला गरेपछि झन्डै २ वर्षसम्म समस्या भोग्नुपरेको थियो । चन्द्रपुरको डुमरियास्थित मुसहर बस्तीका झगरु मुसहरले छाना नहालिदा वर्षामा बिजोग भएको गुनासो गरे । फागुनमै छाना लगाइदिने भन्ने कुरा थियो,उनले भने, अहिलेसम्म सुरसार छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles