अमेरिका : अमेरिकाको भर्जिनियामा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदा एघार जनाको मृत्यु भएको छ । घटनामा अन्य छ जना घाइते भएका छन् । घाइतेमा प्रहरी समेत छन् । भजिनिया बिच म्युनिसिपल सेन्टरको सरकारी भवनमा गोलीकाण्ड भएको हो ।
प्रहरीको जवाफी कारवाहीमा आक्रमणकारीको पनि मृत्यु भएको छ । अन्धाधुन्ध गोली चलाएको थाहा पाएर पुगेको प्रहरीले उनलाई गोली प्रहार गरेको हो ।
गोली चलाउने ब्यक्ति लामो समयदेखि सोही सरकारी कार्यालयमा कार्यरत रहेको बताइएको छ । तर पहिचान खुलाइएको छैन । आक्रमणको कारण खुलेको छैन । अमेरिकामा यो बर्ष भएको १ सय ५० औं गोलीकाण्ड हो ।
https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg