आज १६ औं राष्ट्रिय धान दिवस,दहीचिउरा खाने दिन

चन्द्रपुर ,१५ असर। आज असार १५, दहीचिउरा खाने दिन र १६ औं राष्ट्रिय धान दिवस, बिभिन्न कार्यक्रम गरी मनाईदैछ । आजकै दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइदै छ । आजका दिन असारे भाकामा गाउ“दै छुपुछुपु हिलोमा धान रोपिन्छ । मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् भन्ने मान्यता छ ।

दहीचिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही—चिउरा खाई असार १५ मनाउ“छन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ ।

शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।
आज १६ औं धान दिवस, विभिन्न कार्यक्रम गरि मनाइ“दैछ । ‘धान खेतीमा प्रविधि र यान्त्रिकिकरण, चामल आयातमा न्यूनिकरण’ भन्ने नारा यसपालीको धान दिवसको लागि तय गरिएको छ । धान नेपालको अर्थतन्त्रको मुख्य स्रोत भएकोले यसको आयात रोकेर उत्पादन कसरी बढाउन सकिन्छ भन्ने तर्फ केन्द्रित भएर सरकारले योजना बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles