घुससहित ३ जना रंगेहात पक्राउ

बारा,२४ असार। बारामा ३ सरकारी कर्मचारी घुससहति पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौडाले मंगलबार पचरौता नगरपालिकामा कार्यरत दुई कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा नायव सुब्बा बद्रीबहादुर थापा र ईन्जिनियर रायप्रकाश सतरा र कार्यालय सहयोगी ध्रुब महतो रहेका छन् ।
सुब्बा बद्रीबहादुर थापाले महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको प्रमाणित गर्न १४ हजार रुपैया“ घुसलिदै गरेको अवस्थाबाट पक्राउ गरेको आयोगले जनाएको छ ।
त्यस्तै ईन्जिनियर रायप्रकाश सतराले नेरामावि, बेनौलीको कम्पाउण्ड वाल निर्माणको सम्पन्न प्रतिवेदनमा हस्ताक्षर गर्न १५ हजार रुपैया“ लिदै गरेको अवस्थाबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय हेटौडाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles