अनाथालयलाई चन्द्रपुरका युवाको सहयोग

गरुडा,८ भदौ ।रौतहटको गरुडामा रहेको बंशिराम जैसवाल अनाथलयमा चन्द्रपुर ५ का युवा राजेश बन्जराले पंखा तथा कपडा सहयोग गर्नु भएको छ ।
अनाथालयमा गर्मिको मौषममा पिडित बन्दै आएका बालबालिकाहरुलाइ चन्द्रपुरका युवा राजेश बन्जराले ४ बटा सिलिगं पखां तथा २५ जनालाइ गन्जि र सरसफाइको लागी सेम्फु, तेल बितरण गर्नुभएको हो ।

जनसरोकार दैनिक र रेडियो सुप्रिम ८८.७ मेगाहर्जमा अनाथालयलाई सहयोगको खा“चो भन्ने शिर्षकमा समाचार प्रकाशन÷प्रशारण भएपछि बन्जाराले सहयोग गरेका छन् । गरुडामा रहेको अनाथालयमा ३२ जना अनाथ बालबालिकाहरु बस्दै आएका छन् ।


सवैले यसरी नै सहयोग गरे टुहुरा बालबालिकाको जिविकोपार्जन र पढ्न सहयोग पुग्ने बंशिराम अनाथलय गरुडा व्यवस्थापक हृदयलाल कुश्वाहले बताउनु भएको छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg