चन्द्रपुर,९ भदौ ।
रौतहटमा पछिल्लो समय ध्वनी प्रदुषण बढ्दै जान थालेको छ । बिहे, भोज, भण्डारा, व्रतबन्ध, सभा तथा धार्मिक पर्वलगायतका समयमा ठूलो स्वरमा विभिन्न गीत स·ीत बजाउने डिजेजस्ता उपकरण प्रयोग गर्ने चलन बढ्दै थालेपछि ध्वनी प्रदुषण बढ्दै जान थालेको हो ।
ठुलो स्वरमा बाजा तथा डिजे बजाउने अचेल सामाजिक संस्कारनै बनेका कारणले पनि यो समस्या बढ्दै जाने देखिन्छ । बिहान ५ बजे मन्दिर, मस्जिदमा ठूलो स्वरमा धार्मिक प्रार्थना, बसपार्क क्षेत्रमा गाडीको हर्न र नगरभित्रको सडकमा निन्द्रा खराब गर्ने गरी बाजा बजाउनाले जिल्लाबासी प्रभावित हुने गरेका छन् । जिल्लाका अधिकासं स्थानमा चारैतिर लाउडस्पीकर राखेर प्रवचन कार्यक्रम गर्ने, विवाह,भोज जस्ता कार्यमा बजाईने लाउडस्पीकरले यस क्षेत्र वरिपरि रहेका व्यापारीक प्रतिष्ठान,विद्यालय र गांउघरमा ध्वनि प्रदूषणका बढाएको छ । ठूलो स्वरमा बाजा बजाउ“दा हामी मात्र होइन, पसलमा आउने ग्राहक समेत प्रभावित हुने गरेको भएपनि सम्बन्धित निकाय गम्भीर नभएको एक व्यापारीले बताए । जीउ नै हल्लिने खालको साउन्ड प्रयोग गर्नु, जन्ती जा“दा पार्टीलगायतको काममा गाडीमा प्रयोग हुने ठूलो आवाजको हर्नले कतिपय स्थितिमा शारीरिक क्षति र बहिरो समेत बनाउने गरेको चन्द्रपुर हस्पिटल प्रालिका डा.सुवास चौधरीको भनाई छ ।
चौधरीका अनुसार व्यक्तिपिच्छे फरक भए पनि सामान्यतया कुराकानीको आवाज ४०÷६० डेसिबलसम्मको हुने गर्छ भने दैनिक रूपमा लामो समयसम्म ८० डेसिबलभन्दा ठूलो आवाजको सम्पर्कमा रहूदा यसले श्रवण शक्तिमा (सूक्ष्म कोषलाई क्षति पु¥याएर या प्रतिकुल रासायनिक प्रतिक्रिया उत्पन्न गरेर) ह्रास पु¥याउछ । बच्चाहरूलाई त चर्को आवाजले झनै नकारात्मक असर पार्नसक्छ । उनीहरूको वृद्धि र विकासमा नकारात्मक असर पर्नुका साथै नकारात्मक मनोवैज्ञानिक र शारीरिक असर पर्छ ।