महोत्तरी १३ भदौ । बुहारीको हत्या गरेको अभियोगमा महोत्तरीको जलेश्वर कारागारमा रहेका एक जना थुनुवाको बुधबार बिहान मृत्यु भएको छ । उनी पुर्पक्षका लागि कारागारमा थुनिएका थिए ।
२०७४ साल पुस ९ गतेदेखि कारागारमा पुर्पक्षका लागि थुनिएका जनकपुरधाम उप-महानगरपालिका २ किशोरी नगर घर भएका ६७ बर्षीय देवनारायण ठाकुरको मृत्यु भएको जलेश्वर कारागार प्रशासनले जनाएको छ ।
उच्च रक्तचापका बिरामी रहेका ठाकुरलाई बुधबार बिहान एकाएकी रक्तचाप उच्च बनेको थियो । उनलाई उपचारका लागि शान्ति सामुदायिक अस्पताल लगिएपनि उपचारकै क्रममा मृत्यु भएको जलेश्वर कारागारका निमित्त जेलर मकसुदन महासेठले जानकारी दिनुभएको छ ।