नेपाल–भारत सीमामा तस्करी बढ्यो

गौर,८ कात्तिक ।
नेपाल प्रहरीको ध्यान राजपुर बमकाण्ड को अनुशन्धानमा रहदा नेपाल भारत सीमामा तस्करी बढेको छ ।
चाडपर्वको समय पारेर मुख्य गरी जिल्लाको दक्षिण पश्चिम नाकामा तस्करी बढेको छ ।
राजपुरमा भएको बमकाण्डको अनुसन्धानका लागी प्रहरी व्यस्त भएको मौका छोप्दै तस्करहरुले नेपाल भारत सिमा क्षेत्रमा खुलेआम तस्करी शुरु गरेका छन ।
नेपाल प्रहरी मुख्य गरी सुरक्षा व्यवस्था मिलाउन र अनुसन्धानमा व्यस्त रहेको मौकामा रौतहटको विभिन्न नाका हुदै विस्फोट पटका तथा कपडा, किराना सामानको तस्करी बढेको देखिएको छ ।
रौतहटको बेलबिछवा, गौर, महादेवपट्टि, बन्जरहा, औरैया र बंकुल नाकाबाट तस्करी फस्टाएको स्थानिले बताएका छन ।
रामपुर खाप, मठिया महुलिया नाकाबाट पनि दिपावली, छठका बेला विक्रि हुने बस्तुहरुको तस्करी भैरहेको बताइएको छ ।
बुधवार सशस्त्र प्रहरीको बेलबिछवा बोर्डर आउट पोष्टले एक लाख भन्दा बढीको पटका बरामद गरे पछि पटका तस्करीको रहस्य सार्वजनिक भएको हो । नेपाल बाट भारततर्फ हरियो मटर, मरिच लगायतका चाइनिज सामानको तस्करी भइरहेको छ भने भारत बाट तयारी कुखुरा र चल्ला, इलेक्टूोनिक्स, कपडा, खाद्यान्न लगायतका बस्तु व्यापक रुपमा तस्करी भइरहेको छ ।
विगत सात महिनाको अवधिमा नेपाल प्रहरीले ३ करोड भन्दा बढीको मालसामान बरामद गरि भन्सार कार्यालयमा बुझाएको छ भने एकसय १७ जनालाई व्यापारीहरु पक्राउ गरि कारवाही गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यसै गरी तिन महिनाको अवधिमा सशस्त्र प्रहरी ११ नम्बर गण रौतहटले झण्डै एककरोड बराबरको मालसामान बरामद गरेको जनाएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *