आलमको बयान सकियो, थुनछेक बहस सुरु हुने

गौर। नेपाली कांग्रेसका नेता,नलम्बित सांसद एवम् पुर्व मन्त्री अफताब आलमको बयान सकिएको छ । मंगलबारबाट सुरु भएको उनको बयान ३ दिनपछि आज बिहिबार सकिएको हो ।
४ नम्बर इजलासका न्यायाधीश दिपक ढकालले आलमलाई ३ दिन लगाएर ५१ वटा प्रश्न सोधेका छन् । सबै प्रश्नमा आलमले ईन्कारी बयाज दिएका छन् । उनको बयान सकिएका कारण अब केही बेरमा थुनछेक बहस सुरु हुने सरकारी वकिल खडिन्द्रराज कटुवालले जानकारी दिए । ०६४ साल चैत २७ गते राती संबिधानसभा निर्वाचनको पुर्वसन्ध्यामा दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउ“दै जलाएको अभियोगमा आलममाथि जिल्ला सरकारी वकिल कार्यालयले तीनवटा मुद्दा दर्ता गराएको छ । त्यसमा जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान सकिएपछि अब आलमको पक्ष र विपक्षमा कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।आलमको पक्षबाट वकालत गर्न वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरे (भुषण) रौतहटमा छन् भने पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज सङग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की, गोविन्द शर्मा बन्दी, ओमप्रकाश अर्याल,दिनेश त्रिपाठी ,डा. कुमार शर्मा आचार्यले बहस गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles