हेटौडामा घन्कियो ‘गो ब्याक इण्डिया’ को नारा

1272

नबराज कोइराला,२१ कार्तिक, मकवानपुर । भारतले प्रकाशन गरेको नयाँ राजनीतिक नक्शामा नेपाली भूमि कालापानी र लिपुलेकलाई भारतमा देखाइएको विरोधमा हेटौँडामा विधार्थीहरूले ‘गो ब्याक इण्डिया’ को नारा लगाएका छन । अनेरास्ववियु निकट विद्यार्थीहरुले नेपाली भु–भाग अतिक्रमण गर्दै राजनीतिक नक्शा निकालेको भन्दै विहिबार विहान विरोध प्रर्दशन गरेका हुन् । मकवानपुर बहुमुखी क्याम्पस को प्रांगणबाट शुरु भएको र्यालीले हेटौँडाका विभिन्न भागको परिक्रममा गरेको थियो । र्याली पश्चात हेटौँडाको बुद्धचोकमा आयोजित कोण सभामा बोल्दै विद्यार्थी तथा युवा नेताहरुले भारतलाई आफ्नो हेपाहा प्रवृत्ति सुधार्दै गल्ति सच्याउन चेतावनी दिईएको थियो । भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरुले नेपालको भू–भाग अविलम्ब भारतीय नक्साबाट हटाउन जोडदार माग गरेका थिए ।