कम्युनिष्ट सरकार र प्रहरीले फसाउन खोज्योःनेता आलम

गौर,२१ कात्तिक । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री मोहम्मद आफताव आलम यतिबेला २६ दिनदेखी प्रहरी हिरासतमा छन् ।
उनीबिरुद्ध २०६४ साल चैत २७ गे,पहिलो संबिधानसभाको निर्वाचनको बेलामा राजपुरमा बम बनाउने र ईट्टा भट्टमा मानिस पोलेर मारेको आरोप छ ।
आरोप जेसुकै भएपनि नेता आलमले आफु निर्दाेष रहेको र आफुलाई ओली नेतृत्वको नेकपाको सरकारले फसाउने षडयन्त्र रचेको बताएका छन् ।
जनसरोकार दैनिकका प्रतिनिधिसंग उनले आफुमाथी लागाईएको आरोप झुठा एव म फरेब भएको बताएका छन् । सार्भौम जनता को प्रतिनिधि को हैसियतले सबैको भलाई सोच्ने भएकाले बारम्बार जनताद्धारा चुनिएको जनप्रतिनिधि आफु भएको बताउ“दै उनले सरकार र प्रहरी मिलेर आफुलाई बद्नाम गराउ“दै जेल सजाय गराउन खोजिएको उनले बताए ।
आफुमाथी जघन्य अपराधको आरोप लगाएर फाईदा लिने तत्वहरु सल्बलाएको र आरोपको सम्मानित अदालत र कानुनको सम्मान गर्दै प्रतिवाद गर्ने उनले बताए ।
अदालतले प्रमाण बिना केही फैसला नदिने भएकाले गर्दै नगरेको कामको अफजस आफुलाई अदालतले नबोकाउने उनको बिस्वास छ ।
कसैको दबाब ,बहकाव ,आबेशमा वा षडयन्त्रमा अदालतले निर्ण नलिने बताउ“दै उनले घटनाको मुचुल्का,लाशको सनाखत,राष्ट्रिय मानव अधिकार आयोगको रिपोर्टमा घटनाको तथ्य समेत नआएको,चिम्नी भटामा मान्छे मारेको फोरेन्सिक टेस्ट समेत केही नभएको,घटना घटेको भनिएको स्थलको समेत कुनै प्रमाण नरहेको अवस्थामा राजनीतिक प्रतिसोध साध्न र आफ्नो राजनीतिक भविष्य समाप्त पार्न ओली नेतृत्वको सरकारले षडयन्त्र रहेको नेता आलमले बताए ।
उनले अनगिन्ती जाहेरवाला बनाएर आफुलाई राजनीति प्रतिशोध साध्न खोज्दैमा आफु दोषी नहुने बताए । मृतक ओशि अख्तरकी श्रीमतीले मेरो श्रीमान माओवादी लडाकु रहेकोले भिडन्तमा ज्यान गएको समेत लिखित जवाफ दिएको,अर्का जहेरवाला श्रीनारायण सिंहका छोरा अपहरण तथा अन्य आपराधिक मुद्दामा ३ वर्ष अदालत बाट सजाय पाई फरारको सुचीमा रहेको अवस्थामा आफुमाथी माथाी एकाएक राज्य लागेर षडयन्त्र गर्दैमा केही नहुने उनको विश्वास छ ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg