चन्द्रपुरमा उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता हुने

चन्द्रपुर,०१ माघ ।
रौतहटको चन्द्रपुरमा उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता–२०७६ हुने भएको छ । रौतहट जिल्ला फुटबल संघको आयोजना एबम अखिल नेपाल फुटबल संघ ( एन्फा) को समन्वय तथा ब्यबस्थापनमा चन्द्रनिगाहपुरको स्वर्गीय शेर बहादुर दर्लामी स्मृती हातेमालो खेल मैदानमा सो प्रतियोगिता हुन लागेको हो । चन्द्रपुर नगरपालिकाको संरक्षकत्व तथा सहयोगमा आउदो माघ १० गते देखि १८ गते सम्म अखिल नेपाल फुटबल संघ ( एन्फा) द्धारा छनौटमा परेका देशभरी मध्यका उत्कृष्ट ८ नगरपालिकाको महिला फुटबल टिमले प्रतियोगितामा सहभागिता जनाउने रौतहट फुटबल संघका महासचिब मधुसुदन धितालले बताए । प्रतियोगितामा देशभरका उत्कृष्ट ८ नगरपालिकाले सहभागिता जनाउने भएका छन ।
जसमध्ये चन्द्रपुर नगरपालिका रौतहट, वालिङ्ग नगरपालिका, स्याङजा, चौदण्डी गढी नगरपालिका उदयपुर, बासगढी नगरपालिका बर्दिया, बीरेन्द्र नगर नगरपालिका सुर्खेत, बाहबिसे नगरपालिका सिन्धुपाल्चोक, बीराटनगर महानगरपालिका मोरङ, बिदुर नगरपालिका नुवाकोट बीच लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गराईने आयोजकले जनाएको छ ।
रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान बहादुर दर्लामीका अनुसार प्रतिस्पर्धामा प्रथम हुने नगरपालिका टिम लाई नगद ३ लाख, मेडल, प्रमाणपत्र र ट्रफी रहेको छ भने द्धितिय हुने टिम लाई नगद १ लाख ५० हजार, मेडल, प्रमाणपत्र, ट्रफी रहेको छ ।
सेमीफाईनल पुग्ने दुई टिम लाई जनही ५०÷५० हजार नगद पुरस्कार रहेको जनाइएको छ । प्रतियोगिताको प्रत्येक खेलमा वम्यान अफ दी म्याच लाई नगद ५ हजार र कप, यस्तै उत्कृष्ट पा“च बिद्याका खेलाडीहरु लाई जनही १५ हजारका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ । यस प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी लाई स्कुटर बाट पुरस्कृत गरिने भएको छ । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको प्रदेशनम्बर २ का लिग संयोजक नेपाल कार्कीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles