प्रहरीद्धारा घरेलु मदिरा नष्ट

चन्द्रपुर । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले अबैध घरेलु मदिरा नष्ट गरेको छ । बिभिन्न समयमा बरामद गरिएको करिब १ हजार ५ सय लिटर अबैध घरेलु मदिरा पत्रकार र स्थानीय बासिन्दाको रोहबरमा बिहिबार प्रहरीले खाडल खनेर नष्ट गरेको हो । बस,अटो,ई—रिक्सामा राखेर बिक्रिका लागी लैंजादैं गरेको मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी हेम बहादुर शाहीले जानकारी दिए । अवैध मदिरा भट्टी बाट उत्पादित रक्सी सदरमुकाम गौर, गरुडा र चन्द्रनिगाहपुरका बजारमा खुलेआम रुपमा बिक्री बितरण हुदै आएको आफुले जानकारी पाएको बताउ“दै डिएसपी शाहीले अबका दिनमा यसको उत्पादन र बिक्रि बितरणमा प्रतिबन्ध लगाउने बताए ।

https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg