शाक्क्ष्या बस्नेत
आमा तिम्रो बुढेसकालले चाउरी परेको गालामा आज पनि त्यतिनै स्वाद छ । जति तिम्रा पोटिला राता गालामा थिए,म सानो छदा । म सानो छदा मलाई याद छ, म तिम्रो रसिलो गालामा च्वाप–च्वाप म्वाई खाई दिन्थे अनि तिमि मलाई अङ्गालो हाल्दै मेरो अनुहारको कुना काप्चा कहि बा“की छोड्दिन थियौं म्वाई खान,अनि म तिमिलाई जिस्क्याउदै भाग्थे तिम्रो हातहरुबाट फुत्किएर…आमा के मेरो अङ्गालोमा त्यतिनै न्यानोपन छ जति तिम्रो अङ्गालोमा थियो ? आमा के मेरो म्वा“इमा मेरो त्यतिनै माया छ । जति तिम्रो म्वा“ईमा थियो ?
तिम्रो फुलेको केशलाई कोरीरहदा म धेरै कदम ओरालो झर्ने गर्छु । शनिबारको दिनको घरको सब काम सकेर तिमि आफनो माईति बाट लिएर आएको ड्रेसिङ टेबलमा बसेर आफ्नो कपास झैं नरम कालो केशलाई ब्रस लगाएर फुकाउ थियौ,कहिले आदि कपाललाई किलिपले च्यापि दिन्थ्यौ अनि आदिलाई छोडिदिन्थ्यौ त कहिले कहिले सल्सली बाटि दिन्थ्यौ र कहिले भएनै भने एकै ठा“उ गुजुल्टो पारि दिन्थ्यौ तर तिमिले जे गर्दा पनि तिमि उस्तै राम्रो देखिन्थ्यौ ।
आमा तिमिले सानोमा तेल लगाएर मलाई चारआठें बाटिदिदा के म तिमि जतिकै राम्री देखिन्थे ?
तिम्रो बिहान उठ्दा कचेराले चिप्रक्क परेको आ“खा पाकीरहदा म त आफु बसेको ठा“उ भन्दा धेरै बिगतमा पुगि रहेछु तिमिले तिम्रो ठुला–ठुला आ“खामा गाजल लगाउथ्यौ अनि बाबाले गाजली भनेर तिमि लजाएर भागेको अहिले जस्तै लाग्छ मलाई,,,आमा तिमिले स्कुल पठाउदा मेरो सानासाना आ“खामा ठुलाठुला गाजलको कोष तानिदिन्थ्यौ । आमा के मेरो आ“खा तेतिनै लोभलाग्दा देखिन्थे जति तिम्रो गाजल लगाउदा देखिन्थ्यो ?
आमा तिम्रो मैल परेको शरिरलाई तातोपानिले पुछिरहदा मलाई थाहानै नदिई यादहरुले पुरानो गल्ली डो¥याउने गर्छन… तिमिले जाडो महिनामा बाटामा पनि तताएर घाममा राखेर नुहाईदेको सम्झिन्छु अनि तिम्रो खेतमा कुटो चलाएर ठेला बसेको हातको स्पर्श पनि सम्झिन्छु । आमा तिम्रो त्यो स्पर्शले म सानो छदा मेरो छाला कोतरीन्थ्यो अनि अहिले सम्झदा मन कोपर्छ…
आमा के मेरो स्पर्शमा तेतिनै ममता छ जति तिम्रो हातहरुमा थिए ? सायद छैन होला आमा
तिम्रो काखमा एैश्वर्य सुख थियो,म त छोरी परे तिम्रो आमा बन्न मात्र खोजेकी हु तिमिले जे दियौ त्यो दुरुस्तै त पक्कै फिर्ता गर्न सक्ने छुईन् तर प्रयास त गर्न सक्छुनी तिम्रो आमा बन्न ।
तिम्रो बुढेसकालले कुप्रो परेको शरिरको लैरो बन्न,तिम्रो हातमा पलाएका नङहरुलाई नदुखि काटिदिन…तिम्रो चिसोले सुन्निएका हात पाउहरुमा तेल लगाएर मालिस गर्न..
तिम्रो धमीलोहुदै गएको आ“खाको एउटा भरपर्दो चस्मा बन्न..तिमिले खान्न भनेर घुर्कि लाउदा तिमिलाई फकाई फकाई तिम्रो मर्जिको पकवान बनाएर खुवाउन… तिम्रो बुढेसकालको साथि बन्न..
प्रयास त गर्न सक्छुहोला नि आमा, हजुर आमा पछिको हजुुरको आमा बन्न…
आमा हजुर पिर मानिसीन्थ्यो हैन कि मैले बाटो बिराए भन्ने आमा बाटो त दाई अनि भाईले बिराए म त सराप्ने कोसिसमा छु…
आमा म हजुरको छोरी हु म,,,
त्यसैले बिश्वास गरिसियो म हजुरलाई न मेरी बुढी भएकी सासु कुप्रो परेको ससुरा लाई वृद्धआश्रममा पठाउनेछु,,,
म बुढेसकालमा हजुरको आमा अनि उहा“को छोरी बन्ने् छु किनकि म एउटा छोरी छु ममता केहो राम्रे संग बुझेकी छु ।
आमा…
https://www.janasarokardainik.com/wp-content/uploads/2023/06/chapur-7-2.jpg