गौर,३ माघ । नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष प्रभु साहले हुलाकी लोकमार्गको सडकसीमा सा“घुरो रहेकाले स्वीकार्य नहुने बताएका छन् ।
विहिबार रौतहटको यमुनामाई गाउ“पालिकाको वडा नम्बर ५, झुन्खुनवामा आयोजित ‘यमुनामाई गा“उपालिकाको विकासमा हाम्रो भुमिका’ विषयक अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले १२ मिटर मात्र चौडाई राखेर बनाईएको सडकको कुनै अर्थ नरहेको बताए ।
वर्षौंदेखि पिछडिएको मधेशलाई आर्थिक, व्यवसायिक र व्यापारिक रुपमा माथी उठाउने एक मात्र विकल्प हुलाकी लोकमार्ग भएको बताउ“दै साहले १२ मीटर सडकसीमा राखेर बनाइएको हुलाकी सडक मधेशी जनतालाई ठग्ने काम मात्र भएको बताए । पहिला—पहिला कम जनसंख्या, कम गाडी, कम बस्ती हु“दा राजमार्गहरु ५० मिटर सडकसीमा राखेर बनाइयो । तर हिजोको अनुपातमा आज सबैथोक बढ्दा पनि १२ मिटर राख्नु भनेको अदुर्र्दिर्शताको नमुना भएको बताउ“दै नेता साहले सानो बच्चालाई चकलेट दिएर फकाएझैं मधेशी जनता ठग्ने काम मात्र भएको बताए ।
कार्यक्रममा प्रदेश सभा सांसद कुन्दन कुश्वाहा , मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहा, इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता, चन्द्रपुर नगरपालिकाकी उपमेयर रामरती चौधरी, फतुवा विजयपुर नगरपालिकाकी उपमेयर कान्तिदेवी साह, देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवी, पूर्वसांसद अबदुल कलाम अजाद, कटहरियाका नसरुद्दिन अन्सारी, नेकपाका नेताहरु राजकिशोर यादव, योगेन्द्र साहलगायतको उपस्थिति रहेको थियो ।