चन्द्रपुर। बिकाश निर्माणको लागी भन्दै चुरेबाट गैरकानुनी रुपमा ढुंगा निकाशी गर्ने क्रम बढ्दै गएको छ । ढुंगा ल्याउनेहरु बिकाश निर्माणको लागी भनेर पन्छिन खोजेको पाइएको छ । चुरे क्षेत्रमा कुनै पनि किसिमले नदि जन्य पदार्थको दोहन निषेध गरिएकोले नगरपालीकाले रसिद काट्न नमिल्ने बताईरहेको भएपनि दैनिक दर्जनौ ट्रेक्टर ढुंगा ओसार पसारमा संलग्न रहेको स्थानीयले जानकारी दिएका छन् । विशेषगरी बिहान,र सा“झपख चुरेमा ट्रेक्टरको लाईन लाग्ने गरेको स्थानीयले बताईरहेको भएपनि नेपाल प्रहरी,शसस्त्र प्रहरी र वन कार्यालयले ती अबैध ढुंंगा निकासी गर्ने ट्रेक्टर नदेख्ने गरेको उनिहरुको आरोप छ ।
ढुंगा तस्कहरुको ट्रेक्टर पक्राउ गरिएपनि केही घण्टामै छुटाउने चलखेल सुरु हुने भएकाले समेत उनिहरुको मनोवल बढ्दो छ । सुरक्षा निकायहरु समेत ढुंगा तस्करहरुसंग आजित बन्न पुगेका हुन कि चलखेलमा सामेल भएका हुन भन्ने कुरा सोचनीय रहेको स्थानीयको भनाई छ । चन्द्रपुर नगरपालीकाले ठेक्का लगाएको भन्दै हिलेखोला, गैंडाटार लगायतको चुरे क्षेत्रबाट ढुंगा चोरेर निकाशी गर्ने क्रम रोकिएको छैन् । निषेधित क्षेत्रबाट लुकाएर ढुंगा ल्याउने गरेको पाईएको छ । गैंडाटारको मकवानपुर सिमामा पर्ने भोलनटारबाट गत बर्ष ठुलो मात्रामा ढुंगा तस्करी भएको थियो । यस क्षेत्रमा लामो समय देखी चुरे दोहन हुदै आएको छ । यही कारण समस्या बढेको सरोकारवालाहरुले भन्दै आए पनि दोहन रोकिएको छैन् । यसकैको फलस्वरुप मधेशले बर्षाको बेला डुबान र बाढीको पिडा खेप्नु परिरहेको छ । पछिल्लो समय जताततै खाडल र दोहनले पा“गो होइन, बालुवा र साना गिटि बग्छ । यसले तराई—मधेसमा हराभरा होइन उब्जनी कम र उजाड बनाउ“छन । यसैको परिणाम बर्षेनी डुबानको समस्या थपिरहेको छ । गएको असारको अन्तिम साताको लगातारको बर्षा पछि चा“दि, बागमति र लालबकैया नदिमा आएको बाढी यसको ज्वलन्त उदाहरण हो । भर्खरै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुखका रुपमा आएका डिएसपी हेम बहादुर शाहीले गैरकानुनी रुपमा भईरहेको ढुंगा तस्करी नियन्त्रण गर्ने बताएका छन् । उनले चुरे क्षेत्रबाट भईरहेको ढुंगा तस्करीका बारेमा आफुले जानकारी संकलन गरिहेको र चा“डैनै ढुंगा तस्करी नियन्त्रण गरिने बताए ।