मौलापुर/ राष्ट्रपति विद्यादेवी भण्डारी सहभागिहुने तथा विशेष पुजा गर्ने मधानी महायज्ञको पूर्वतयारीबारे स्थानिय प्रशासन स्थलगत अवलोकन गरेका छन । जिल्ला तहका सुरक्षा निकायका प्रमुखहरुले महायज्ञस्थल पुरातात्विक महादेव मन्दिरको अवलोकन तथा निरीक्षण गरेको हो । पर्यटनबर्ष २०२० लाई लक्षितगरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानिय मौलापुर नगरपालिकाले आगामी फागुन ५ र ६ गते पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञ आयोजना गगरीरहेको छ । बुधबार आज रौतहट जिल्लाका सिडिओ वासुदेव घिमिरे जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का सहीतको टोलीले महायज्ञको तयारीको अवलोकन गरेका छन् । नगरपालिकाको ५ नम्बर वडा पतौरास्थित मन्दिर प्राङ्गणमा हुने उक्त महायज्ञ भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना गर्न लागिएको हो । आयोजक मौलापुर नगरपालिकाले यस अवसरमा कम्तीमा पनि ३ लाख भारतीय पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यस क्षेत्रको ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुन गईरहेको महायज्ञमा राष्टूपति विद्यादेवी भण्डारीको विशेष आतिथ्यता रहनेछ । आयोजकका अनुसार फागुन ६ गते राष्टूपति भण्डारीले उक्त महायज्ञमा विशेष पुजा अनुष्ठान गर्ने्िछन् । पशुपतिनाथ मन्दिरका मुल भट्टद्वारा मन्त्रोचारण गराई राष्टूपति भण्डारीले पुजा गर्ने कार्यक्रम रहेको छ । अगामी फागुन ४ गते शिवलिला प्रदर्शन, ५ गते महायज्ञ शुभारम्भ तथा नेपाली कलाकारहरुको सांस्कृतिक प्रस्तुतिको कार्यक्रम रहेको छ ।
फागुन ६ गते भण्डारीबाट विशेष पुजा तथा नेपाली एवम् विदेश लोकप्रिय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रमसहित दर्जनौ क्रियाकलाप आयोजना हुने बताइएको छ । महायज्ञको सहआयोजक एस राज प्रोडक्सनसको सन्तोष राज सहनीका अनुसार भोजपुरी सिनेमा क्षेत्रका चर्चित नायक तथा गायक दिनेशलाल यादव निरहुआ, नायिका आम्रपाली दुबे, गायिका ईन्दु सोनाली तथा नेपाली कलाकारहरु केकी अधिकारी, निखिल उप्रेतीलगायतको सांस्कृतिक प्रस्तुति रहनेछ । मौलापुर नगरपालिका पतौरा गाँउमा सरकार र माआबादी द्धन्दताका उत्खननको क्रममा भेटेको कर्णाटकालिन शिव मन्दिरको महत्व बारे बेलायती बिज्ञहरु जा“चमा जुटेका छन ।