तस्करीमा संलग्न दुई प्रहरी कारबाहीमा

रौतहट/ नेपाल भारत सीमाको प्रहरी युनिटमा कार्यरत दुई प्रहरी चौकी प्रमुखमाथि कारबाही गरिएको छ। नेपाल भारत सीमामा तस्करी गराएको आरोपमा प्रदेश प्रहरीले दुई प्रहरी चौकी इन्चार्जलाई कारबाही गरी प्रदेश प्रहरी कार्यालयमा तानेको छ । रौतहटको मठिया प्रहरी चौकी नजिकै भएर तस्करी भएको ७० बोरा मटर पक्राउ जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको थियो। नजिकै रहेको बन्जरहा प्रहरी चौकीले पनि तस्करीको बारेमा कुनै जानकारी दिएको थिएन। मठिया र बन्जरहा दुवै प्रहरी चौकीको मेलोमतोमा नेपालबाट भारततिर र भारतबाट नेपालतिर विभिन्न किसिमको तस्करी भइरहेको आशंकामा दुवै युनिटका प्रमुखलाई प्रदेश प्रहरीले तानेको छ। मठिया प्रहरी चौकीका इन्चार्ज वीरेन्द्र साह र बन्जरहा प्रहरी चौकीका इन्चार्ज अक्षय साहलाई कारबाहीको लागि प्रदेश प्रहरी कार्यालयमा तानिएको छ। यसै गरी प्रहरी चौकीका सम्पूर्ण प्रहरीको पनि तस्करीमा बदमासी भएको हुन सक्ने आशंकामा दुवै चौकीका सम्पूर्ण प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा सरुवा गरिएको छ। दुवै चौकीमा नयाँ कमान्डरसहित सम्पूर्ण युनिट नै फेरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि रविराज खड्काले जानकारी गराएका छन्। ूपुरानो सम्पूर्ण प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको छ भने नयाँलाई पठाइएको छू एसपि खड्काको भनाइ छ । एसपि खड्काले बन्जरहा प्रहरी चौकीको इन्चार्जमा सई सुरेश गुप्ता र मठिया प्रहरी चौकीको इन्चार्जमा गोविन्द यादवलाई खटाइएको जानकारी गराएका छन्। प्रहरीको आचरणविरुद्ध हुने कुनै पनि गतिविधि आफूलाई सह्य नहुने बताउँदै एसपि खड्काले प्रहरीको मान बढाउने काम गर्न सबैलाई निर्देशन दिएको एसपि खड्काले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles