स्वास्थ्य संस्था अनुगमन गर्न माग


चन्द्रपुर/ उपभोक्ता हित संरक्षण मंच जिल्ला कार्य समिति, रौतहटले चन्द्रपुर नगरपालिका भित्रका अस्पताल र औषधि पसलहरुको अनुगमन गर्नु पर्ने माग सम्बन्धमा प्रेश विज्ञप्ति जारी गरेको छ । उपभोक्ता हित संरक्षण मंच जिल्ला कार्य समिति, रौतहटका अध्यक्ष टिका घिमिरेद्धारा जारी विज्ञप्तिमा चन्द्रपुर नगरपालिका भित्र तिब्र गतिमा बढीरहेको शहरीकरणसंगै मानव स्वास्थ्यसंग सम्बन्धित संस्था अस्पताल र औषधि पसलहरुको संख्या पनि बढदै गईरहेकोले समय समयमा सरोकारवाल निकायले अनुगमन गर्नुपर्ने माग गरिएको छ । मानव स्वास्थ्यसंग प्रत्यक्ष सम्बन्धराख्ने यस्ता संस्था र औषधि पसलहरु प्रचलित ऐन तथा कानुनका साथै सेवा प्रदानका लागि मापदण्ड मूताविक रहे÷नरहेको बुझन ज्वलन्त आवश्यक रहेको सो विज्ञप्तिमा भनिएको छ । विभिन्न स्वास्थ्य संस्था र औषधि बिक्रेताहरुले आम बिरामी तथा तिनका अभिभावक संग चर्को मूल्य लिने, स्थानिय रुपमा उपचार हुन नसक्ने बिरामीहरुलाई यही उपचार हुन्छ भनि झुट बोलेर आर्थिक ठगी गर्ने, मेडिकली डाक्टर नरहेका ब्यक्तिहरुले नक्कली डाक्टर भई उपचार गर्ने, म्याद नाधेका औषधिहरु बेच्ने जस्ता उपभोक्ता हित संरक्षणका बिरुद्धका कुकर्महरु भईरहेको भनि आम उपभोक्ताहरुबाट लिखित तथा मौखिक रुपमा उपभोक्ता हित संरक्षण मंचलाई प्राप्त गुनासाहरु आएकाले उपभोक्ता हित संरक्षण मंचको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ । यस बारेमा सरोकारवाला निकाय मौन रह“दा यस क्षेत्रमा विकृति विसंगति बढ्दै गइरहेको मंचको बुझाइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles