लालबकैया नदीबाट नदीजन्य पदार्थ उत्खनन्मा रोक

गुजरा,१ फागुन ।
रौतहटको पश्चिमीभेगस्थित लालबकैया नदीबाट नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाईएको छ । प्रमुख जिल्ला अधिकारी बाशुदेव घिमिरेको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले स्थगलत अनुगमन निरिक्षण पश्चात लालबकैया नदीबाट नदीजन्य पदार्थ नउठाउन निर्देशन दिएको हो ।
फतुवा बिजयपुर र गुजरा नगरपालिका अन्तरगत लालबकैया नदीको सबै घाटबाट अर्को आदेश नआएसम्म तत्काल गिटी, बोल्डर,बालुवा, िमक्सग्रेभल नउठाउन सिडिओ घिमिरेले ठेकदार नागेन्द्र साहलाई बुधवार सा“झ निर्देशन दिएका छन् ।
सिडिओ घिमिरेको निर्देशन लगत्तै अनुगमनमा रहेका नेपाल प्रहरीका एसपी रबीराज खडका, सशस्त्र प्रहरीका एसपी रबीनराज कर्र्णिजतले लालबकैयामा नदीजन्य पदार्थको उत्खनन तथा ढुवानी रोक्न मातहतका प्रहरी युनिटहरुलाई निर्देशन समेत दिएका छन् । गुजरा र फतुवा बिजयपुर नगरपालिकाको सिमानामा पर्ने लालबकैया नदीको नदीजन्य पदार्थ उठाउन साह निर्माणशेवाले ठेक्का पाएको छ ।
तर सरकारको नितिविपरित नदीको बिच धारमा ठा“उ–ठा“उमा जेसिबी र स्काभेटर प्रयोग गरी ठेकदार नागेन्द्र साहले पोखरीको स्वरुप ठुला ठुला खाडल बनाएकोले सिडिओ घिमिरेले नदीजन्य पदार्थ नउठाउन निर्देशन दिएका हुन् ।
नेपाल सरकारले तोकेको नितिमा नदीको छेउमा बढीमा दुईमिटर सम्म खनेर नदीजन्य पदार्थ उठाउन सकिने ब्यवस्था गरेको छ । तर ठेकदारले लालबकैया नदीको बोटवा,गर्जा, पशुपतीछेउको घाट लगायत दर्जन बढी स्थानमा जेसिबी र स्काभेटर प्रयोग गरी नदीजन्य पदार्थ निकालेर खोलाको बिच बिचमा ठुलो ठुलो पोखरी जस्तो खाडल बनाएको छ । ठेकदार साहले दैनिक सैयांै ट्याक्टर र दर्जनौ टिपर मार्फत लालबकैया नदीको दोहन गरीरहेका छन ।
अनुुगमनको क्रममा व्यक्तिगत फाइदाका लागि लालबकैया नदीको दोहनमा लागेका ठेकदार साहलाई दोहन नरोमा थुनामा राखेर कारबाही समेतको चेतावनी दिइएको छ । लालबकैया नदीबाट बोल्डर,गिटी,ग्रेभल,बालुवा निकालेर दर्जनौ ठेकदारले जिल्लाका विभिन्न स्थानमा भण्डारण गरेको पाइएको छ ।
बिभिन्न निर्माण कार्यमा लाग्ने पूर्व योजना अनुसार नदीजन्य पदार्थ उठाउन राख्न सकिने ब्यवस्था विपरित ठेकदार तथा क्रसर उद्योगीले अनाधिकृत रुपमा नदीजन्य पदार्थको भण्डारण गरेको अनुगमनमा पाइएको छ ।
नदीको अवस्था र ठेकदारको गतिबिधी बारे स्थानीय तहले निगरानी गर्नुुपर्ने ब्यवस्था रहेको छ । तर गुजरा र फतुवा बिजयपुर नगरपालिकाका जनप्रतिनिधीले लालबकैया नदीको अवस्था प्रति उदासीन रहेकाले लालबकैया नदीको दोहन बढेको संयुक्त अनुगमनटोलीको निस्कर्ष रहेको छ । अनुगमन टोलीले लालबकैया नदीको बिभिन्न घाटहरुको अनुगमनका साथै बौधीमाई नगरपालिका,फतुवाबिजयपुर,गुजरा लगायतका स्थानिय तहमा सञ्चालित क्रसर उद्योगको स्थलगत अनुगमन निरिक्षण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles