समाचार प्रभावःकुलो मासेर बनाइएको बाटो भत्काईया

चन्द्रपुर,१ फागुन / प्लटीङ व्यवसायीले सार्वजनिक कुलो मासेर बाटो बनाएपनि चन्द्रपुर नपाले बाटो खनिदिएको छ । जनसरोकार दैनिक र रेडियो सुप्रिमले सार्वजनि कुलो मासेर प्लटिङ व्यवसायीले बाटो बनाएको शिर्षकमा समाचार प्रकाशन÷प्रशारण गरेपछि चन्द्रपुर नपाले बाटो भत्काईदिएर पुनःकुलो खनेको हो ।
सार्वजनिक कुलो मासेर भुमाफियाहरुले बाटो बनाएपछि त्यसको बिरोध गर्दै स्थानीयले बिरोध भएको जनाउदै चन्द्रपुर नपामा उजुरी दिएका थिए । बिरोध पछि रौतहटको चन्द्रपुर नपा ६ नम्वर वडाको कुलो मासेर बनाएको बाटो भत्किएको छ ।
चन्द्रपुर ६ बजार टोलबाट दक्षिण तर्फ साविक जग्गाधनी भैरब भट्टराईको घर जग्गाको पूर्वपट्टि रहेको १६ फिटको दशकौ पुरानो कुलो मासेर बाटो जग्गा व्यवसायीले कुलो बनाएका थिए ।
जग्गा प्लटिङगरी पुरानो कुलो मासेर बाटो बनाएको र त्यसलाइ रोक्नका लागी केही स्थानीयले गएको पुस ११ गते चन्द्रपुर नगरपालिकाको कार्यालयमा उजुरी दिएका थिए ।
सार्वजनिक कुलो मासेर व्यक्तीले फाइदा लिन खोजेको जानकारी पाएपछि त्यस स्थानमा पुन कुलो नै बनाउन लागिएका निमित्त वडा अध्यक्ष जंग बहादुर घलानले बताए ।
बाटो बनाउन पुरेको माटो हटाइ कुलो बनाउन बिहिवार देखी वडा कार्यालयले जेसिवी प्रयोग गरेको छ ।
वडा भित्र रहेका कुलो तथा सार्वजनिक जमिनहरु अतिक्रमण हुने क्रम बढेकाले त्यसको संरक्षणमा लागेको घलानको भनाइ छ ।
स्थनीय बतहु चौधरी,जय प्रकाश शाह,उदय कुमार सिंह र राज कुमार साह लगायतले कुलो मासेर बाटो बनाउन नहुने भन्दै नगरपालिका को ध्यानाकर्षण गराएका थिए ।
सरकारले प्लटिङ र कित्ताकाट रोकेको समयमा व्यवसायीले नापीका कर्मचारी मिलाएर कागजात तयार गरी प्लटिङ गरेर जग्गा बिक्रि गर्न लागेको स्थानीयको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles