जनयुद्ध दिवशःनेकपाद्धारा जिल्लाभरी बिभिन्न कार्यक्रमको आयोजना

रौतहट १ फागुन / नेकपा जिल्ला कमिटी रौतहट द्वारा बिहिबार जनयुद्धमा शहिद भएकाहरुको सम्मानमा श्रद्धाञ्ंजली सभा सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम गौरमा पुर्व उर्जा राज्यमन्त्री सत्य नारायण भगतको प्रमुख आतित्यथातामा श्रद्धाञ्जली सभा सम्प्पन भएको हो । श्रद्धाञ्जली सभामा जनयुद्धमा शहिद भएका परिवारलाई खादा ओढाएर सम्मान गरिएको थियो । सोहि अवसरमा रौतहटको चन्द्रपुरमा मोटरसाइकल ¥याली गरिएको थियो । चन्द्रपुरमा रहेको नेकपाको पार्टी कार्यालयबाट सुरु गरिएको ¥याली सहिद स्मारक पार्कमा गई कोणसभामा परिणत भएको थियो । नेकपाका रौतहट इन्चार्ज समिर भट्टराईको प्रमुख आतित्यथामा भएको ¥यालीमा नेकपाका नेता कार्यकर्ताको उपस्तिथी रहेको थियो । यस्तै मौलापुरमा क्षेत्र न ३ का प्रदेश संसद कुन्दन कुशवाहा को प्रमुख आतित्यथामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ भने गरुडामा नेकपाका जिल्ला अध्यक्ष कमल यादबको प्रमुख आतित्यथामा श्रद्धाञ्जली सभा भएको छ । नेकपाले बिहिबार राती जनयुद्धमा शहिद भएकाहरुको सम्झनामा चन्द्रनिगाहपुर मुख्य चोकमा दिपावली गरेको नेकपाका रौतहट इन्चार्ज समिर भट्टराईले जानकारी दिनुभयो । कार्यक्रमलाई नेकपाका नेता एवम पुर्व साम्सद रामकुमार भट्टराई र अनेरास्ववियु केन्द्रिय सदस्य आरती भन्डारीले सम्बोधन गर्नुभएको थियो,कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवम रौतहट इन्चार्ज समिर भट्टराई,नेकपाका नेताहरु उद्वब रेग्मी,देबेन्द्र पटेल,तुलसी गिरि,बाबुराम दाहाल,देबकी नेपाल,युवा संघ रौतहटका अध्यक्ष बालकृष्ण श्रेष्ठ,अनेरास्ववियुका केन्द्रीय सदस्य चेत बोलखे लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमलाई नेकपाका नेता ओहिद अन्सारिले सन्चालन गर्नुभएको थियो । माओवादीले २०५२ फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरी सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादीले जनवादी राज्यसत्ता स्थापना गर्ने घोषणासहित थालेको जनयुद्धका क्रममा करिब १४ हजार नेपालीले ज्यान गुमाएका थिए । फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाइदै आइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles