देशको नामकरण विवाद सुल्झाउन प्रदेशका सांसदहरु सक्रिय

जनकपुरधाम/ जनकपुरधामलाई स्थायी राजधानी तोक्न दलहरुबीच सर्वसम्मति भएपछि प्रदेशको नामकरण विवाद सुल्झाउन प्रदेशका सांसदहरु सक्रिय भएका छन् । सत्तापक्ष र प्रतिपक्षी दल आ—आफ्नो अडानमा कायम रहेकोले प्रदेश नामकरणमा सहमति जुट्न नसकेको हो । अरु प्रदेशहरु नमाकरण गरिरहेको बेला प्रदेश २ छवी खराब भइरहेको चर्चाकाबीच स्थायी राजधानी झैं प्रदेश नामकरणमा समेत सहमति जुटाउन प्रतिपक्षी दलहरु लचक देखिएका छन् ।
प्रदेशको स्थायी राजधानी र नामकरणमा सहमति जुटाउन सभामुख सरोज राय यादवको नेतृत्वमा बसेको संसदीय समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसले

आ—आफ्नो अडानबाट पछि हट्दै सहमतिको नया“ विकल्प प्रस्तुत गरेका छन् ।
समितिको बैठकमा नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले दर्ता गराएको प्रस्तावबाट पछि हट्दै ‘जानकी—मधेस’ नामकरण गर्न विकल्प अघि सारेका छन् । यसअघि नेकपाले प्रदेशको नाम ‘जानकी’ हुनुपर्ने भन्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो ।
यसैगरी नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले ‘मिथिला—मधेस’ नामकरण गर्न विकल्प दिएका छन् । प्रदेशसभा सचिवालयमा कांग्रेसले प्रदेशको नामकरणबारे ‘मिथिला—भोजपुरा’ प्रस्ताव दर्ता गराएको छ ।
दलगत अडानबाट पछि हटेर सत्तापक्ष र प्रतिपक्ष दुवैको जित हुनेगरी आफूहरुले विकल्प दिएको नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले बताए । ‘राजधानीझैं नामकरणमा पनि सर्वसम्मति होस् भन्ने हाम्रो चाहना छ, यसैले दलगत अडानबाट पछि हटेर नया“ विकल्प अगाडि सारेका छौं । तर सत्ता पक्षधर समाजवादी र राजपा आफ्नो अडानबाट पछि हट्न चाहेको छैन,’ उनले भने । यसैगरी सर्वसम्मति गर्न सत्ता पक्षधर दलले पनि आफ्नो अडानमा लचकता देखाउनुपर्ने कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले बताए । ‘हामीले सहमति खोजेका छौं, सहमतिमै प्रदेशको नामकरण हुनुपर्छ । तर यसो गर्न सत्तापक्षधर दल पनि लचक हुनु जरुरी छ,’ यादवले भने ।
नेकपाले अघि सारेको विकल्प ‘जानकी—मधेस’ वा कांग्रेसले सारेको ‘मिथिला(मधेस’ जुनसुकै विकल्पमा सत्तापक्ष राजी भए पनि आफूहरु सहमतिको लागि तयार रहेको यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles