चन्द्रपुर- ५ / २५ औ जनयुद्ध दिवसको अवसरमा अनेरास्ववियूले विभिन्न कार्यक्रम गरेको छ । अनेरास्ववियूले बिहिबार जनज्योति वहुमुखी क्याम्पस प्रागंणमा सरसफाई गरेको छ । क्याम्पसको प्रांगणमा सरसफाई तथा श्रद्धाञ्जली सहित कार्यक्रम गरेको हो । फोहोर रहित जनज्योति वहुमुखी क्याम्पस बनाउने योजना अनुसार अनेरास्ववियूले सरसफाई गर्नुका साथै क्याम्पस प्रशासनलाई डस्टविन बितरण गरेको छ । सरसफाईमा क्याम्पसका विद्यार्थी, शिक्षक, संचालक समितिका पदधिकारी लगायतको उपस्थिती रहेको थियो । सरसफाईबाट संकलन गरीएको फोहोरलाई व्यवस्थापन समेत गरीएको छ ।
जनज्योति वहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष एकराज थापा, सदस्य बालकृष्ण श्रेष्ठ, अनेरास्ववियूका केन्द्रिय सदस्य आरती भण्डारी, चेत वोलखे, प्रतिक्षा कार्की, जिल्ला सहसंयोजक राजन पटेल, अनेरास्ववियू रौतहटका नेताहरु रवि राना मगर, गौरव सापकोटा, मोहन बन्धु गोले लगायतको उपस्थिती रहेको थियो । सरसफाई कार्यक्रममा क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष थापाले विधार्थीहरुले यस्तो दिवसको अवसरमा सरसफाई कार्यक्रम गर्नुले क्याम्पसलाई अझै सुधार गर्न सहयोग पुगेको बताए । क्याम्पस सुधारका लागि सवैसंग सहकार्य गरेर अघि बढ्ने अध्यक्ष कार्यक्रममा क्याम्पस प्रशासनलाई १० वटा डस्बिन सहितको सरसफाइ सामाग्री समेत हस्तान्तरण गरिएको अनेरास्ववियूका केन्द्रिय सदस्य आरती भण्डारीले जानकारी दिनुभयो ।