चन्द्रनिगाहपुर–रौतहटको चन्द्रपुर नगरपालिका ३ गैंडाटार स्थित कालापानी सामुदायिक वनमा रोहिणी प्रसाद घोरासैनी झुण्डिएर मृत्यु भएको भनिएको घट्ना सुनुयोजित हत्या रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।
सोमबार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा पत्रकार सम्मेलन मार्फत हत्या गर्ने अभियुक्तहरु सार्वजनिक गर्दै प्रहरीले ३ लाख रुपैया दिएर सुनुयोजित रुपमा घोरासैनीको हत्या भएको जनाएको छ ।
व्यक्तिगत रिसईबिका कारण पैसा तिरेर हत्या गरेको आरोपमा प्रहरीले गैंडाटार घर भई हाल चन्द्रपुर नगरपालिका वडा नं. ४ कप्तान टोल बस्ने सहदेव भन्ने डोल प्रसाद वोलखे,गैडाटारकै वर्ष ४५ को प्रल्हाद फुंयाल,जिल्ला सिन्धुली पिपलमाडी गाविस वडा नं ९ घर भई हाल जिल्ला पर्सा, पर्सागढी न.पा वडा नं ३ सृजना टोल बस्ने वर्ष २४ को रमेश पहरी र जिल्ला नवलपरासी (पुर्वी) कावासोती न.पा.वडा नं.८ बस्ने.बर्ष २३ को सुर्य बहादुर भण्डारीलाई सार्वजनिक गरेको छ । घट्नाका मुख्य योजनाकार सहदेब भनिने डोल प्रसाद बोलखे भने फरार छन् ।
मृतक रोहिणी प्रसाद घोरासैनीको वुवा भिमदत्त घोरासैनी धामी झाक्री रहेको र सोहि गाउका अभियुक्त सहदेव भन्ने डोल प्रसाद बोलखेको घर परिवारका मानिसहरु बिरामी हुने गरेकाले निजले मृतकको वुवालाई नै आरोप लगाई यिनले नै बिरामी पारि दिने गरेको रिसईवी लिई राखेको थिए र २०६३÷२०६४ सालमा मृतकको बुवालाई आक्रमण गरी घाईते समेत बनाएका थिए । निज सहदेव बसाई सराई गरे तापनि उसको मनबाट मृतकको घर परिवारबाट रिसईवी हट्न नसकेपछि रिसईवी साध्नको लागि सोही टोलका अर्का अभियुक्त प्रल्हाद फुयाल संग रोहिणी प्रसाद घोरासैनीलाई मार्नका लागि ३ महिना अगाडी ३ लाख रुपैया डिल भएर हत्या गर्ने योजना बनेको थियो ।
४ जना मिलेर हत्या गरि रुखमा झुण्डाएर आत्महत्या देखाउने प्रयास गरेर उम्कने रणनीति बनाएको जिल्ला प्रहरी कार्यालय,रौतहटका प्रमुख बिनोद घिमिरेले बताए ।
प्रहरीले घटनाको अनुसन्धान गर्न प्रहरीको कुकुरसमेत प्रयोग गरेर हत्यारा पक्राउ गर्न सफल भएको बताउदै एसपी घिमिरेले अरु पनि संलग्न छन कि भन्नेबारेमा थप अनुसन्धान भईरहेको बताएका छन् ।


