नेपाली कांग्रेसको चन्द्रपुर ७ को वडा अधिबेशन सर्ब सहमतीमा सम्पन्न

नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गतको चन्द्रपुर ७ को वडा अधिबेशन सर्ब सहमतीमा सम्पन्न भएको छ । अधिबेशन सर्ब सम्मत बनाउन वडा सभापती महानन्द राय यादब,पुर्व सचिव दिलबहादुर बस्नेत तथा वडाअध्यक्ष बिष्णु प्रसाद उप्रेतीको विशेष भुमिका रहेको कृयासिल सदस्यहरुले बताए ।


अधिबेशनले महानन्द राय यादब,सुवाष कोईराला,देवराज अधिकारी,दिलबहादुर बस्नेत,अधिकलाल चौधरी,दिपलाल फनैत,शिव प्रसाद शिवाकोटी,अम्बिका पराजुली,फुल कुमारी चौधरी,मरछिया देबी,प्रमोद कोईराला,अशोक शाह,श्याम फनैत,जाजुल मिया,राज कुमार दास र नैना देबी सहित १६ जना प्रतिनिधि वडाबाट छनौट गरेको छ भने वडा सभापति महानन्द राय यादबको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी समेत निर्विरोध गठन गरेको छ ।

वडाका उपसभापतिमा रामपुजन साह र जोगेन्द्र साह चयन भएका छन भने सचिवमा कृष्ण दहाल र लक्ष्मी साह चयान भएका छन् त्यसैगरी सहसचिवमा प्रचण्ड चौधरी र जयलाल चौधरी चयन भएका छन् । कोषाध्यक्षमा रेखा विष्ट चयन भएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles