संकल्पको आयोजनामा”संस्थागत बिकास तालिम ” सम्पन्न

चन्द्रपुर । चन्द्रनिगाहपुर स्थित संकल्प साकोसद्वारा कात्तिक २२ देखि २५ गते सम्म चितवनको सौराहामा आयोजित “सस्थागत बिकास तालिम ” सम्पन्न भएको छ । तालिमको उद्घाटन सत्रलाइ नेफ्स्कुनका उपाध्यक्ष शान्ति अधिकारीले सम्बोधन गर्दै सहकारीमा सु शासन ,संचालकहरुको दाइत्व तथा भुमिका ,ब्यवसायिक रणनीति योजनाको निर्माण जस्ता पक्षमा प्रकाश पार्दै सहभागीहरुलाइ हौसला प्रदान गर्नु भएको थियो ।तालिमको सहजीकरण नेफ्स्कुनका तालिम बिभाग प्रमुख गणेश तिमल्सिना तथा तालिम अधिकृत बिधुर खड्का ले गर्नु भएको थियो ।तालीममा बर्तमान तथा निबर्तमा संचालक ,लेखा तथा सुपरिवेक्षण समिती,सल्लाहकार समिति ,विभिन्न उपसमितिका ३० जना सदस्यहरुको सहभागिता रहेको संस्थाका अध्यक्ष बिभु पोखरेलले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles