रौतहट क्षेत्र नं ४ को कांग्रेस सभापतिमा रामस्नेही यादव विजयी

बृन्दावन / कांग्रेस रौतहट क्षेत्र नं-४ को सभापति पदका लागि बुधबार भएको मतदानको मतगणना सकिएको छ । संस्थापन पक्षका उम्मेदवार प्रेम शंकर यादवलाई चुनावी प्रतिस्पर्धामा पराजित गर्दै इतर पक्षका राम स्नेही राय यादव क्षत्रिय  सभापति पदमा बिजयी भएका छन् । क्षेत्रीय सभापति पदका लागि राम स्नेही राय यादव र प्रेम शंकर यादवले उमेदवारी दिएका थिए ।

 बुधबार रौतहटको बृन्दावन-६ हर्षाहाको बतहु माविमा मतदान भएको थियो । कुल ४ सय ९३ मत खसेकोमा २ सय ५७ मत हासिल गरी सभापति यादव विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी प्रेम शंकर यादवले २ सय ३७ मत प्राप्त गरेका छन् ।

सभापति यादव सँगै उनको प्यानल नै विजयी भएको छ । यस्तै महाधिबेसन प्रतिनिधिहरूको समेत एकमुष्ट भएको निर्वाचनमा इतर पक्षकै वर्चस्व रहेको चन्द्रपुर ५ का वडा सभापति कल्याण कल्याण कार्कीले बताए ।

खुल्ला महाधिबेसन खुल्ला प्रतिनिधिमा रौतहट ४ का संघीय सांसद देव प्रसाद तिमल्सीना, मिथिलेश कुमार मिश्र, नवराज देवकोटा,सुबाश कोइराला, सूर्य बहादुर थापा, देबराज कार्की,सञ्जय कार्की,रामचन्द्र चौधरी, पवन कुमार राय यादव र राम कृष्ण चौधरी रहेका छन् ।

यस्तै महिला महाधिबेसन प्रतिनिधिहरुमा सरस्वती गिरी, तारादेवी सापकोटा , सविता लामा र गितादेवि भारती रहेका छन् । खस आर्य कोटामा संस्थापन पक्षका सुबाश कोइरालालाई १३ मतले उछिन्दै इतर पक्षका केदार बहादुर थापाले विजय हासिल गरेका छन् ।

समावेशी महिला अन्तर्गत सन्ध्या देवी र मिसरुल खातुन विजयी भएका छन् भने मधेशी प्रतिनिधिमा अशोक कुमार कुशवाहा र गोविन्द कुमार साह विजयी भएका छन् ।यस्तै दलित महिला र पुरुष प्रतिनिधिमा क्रमशः समुन्द्री देवी र आशा राम विजयी भएका छन् भने थारुमा जित्रेन्द्र चौधरी र मुस्लिम प्रतिनिधिमा शेख अमिरुल बिजयी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img

भरखरै प्राप्त

Related Articles