गुजरा । रौतहटको गुजरा नगरपालिकामा झोलुंगे पुल बन्ने भएको छ । ७० लाखको लागतमा गुजरा ५ र ७ (लक्ष्मीपुर र परसवा) जोड्ने झोलुङ्गे पुलको बिहिवार नगरप्रमुख सन्तलाल चौधरीले शिलान्यास गर्नुभएको छ । बर्सेनि पुल नहुदा सो क्षेत्रका बासिन्दाले लामो दुरीको यात्रा तय गर्ने बाध्य थिए । पुल बन्ने भएपछी स्थानीय हर्सित भनेका छ्न । पुल शिलान्यास कार्यक्रममा निमित्त प्रमुख प्रसासकिय अधिकृत बिनोद जयसवाल,सशस्त्र प्रहरिका सइ सन्तबिर माझी ,प्रहरीका असई सन्जय प्रसाद यादब,गुजरा नगरपालिकाका प्रबक्ता ५ नम्बर वडाका अध्यक्ष मोहम्मद आरिफ मिया दर्जि लगायत स्थानीय जनताहरुको उपस्थिति रहेको थियो ।



