चन्द्रनिगाहपुर–डिभिजन बन कार्यालय रौतहटका निमित्त प्रमुख डिएफओ अमरदेव यादवले बिगतमा बनकै केहि भ्रष्ट कर्मचारीको कारण जिल्लामा काठको चोरी तस्करी बढेको बताएका छन् ।
उनले मेरो सक्रियतामा बर्तमान अवस्थामा रौतहट तथा मातहतका कर्मचारीहरुकै सहयोगले चोरी तस्करी न्यून हुनुका साथै सम्पुर्ण क्षेत्रमा उल्लेख्य प्रगति देखिएको बताएका छन् ।
७ महिनाको अवधिमा डिभिजन बन कार्यालय रौतहटले हरेक क्षेत्रमा उल्लेख्य प्रगति गरेको डिएफओ यादवको भनाई रहेको छ ।
तत्कालीन प्रमुख बिनोद कुमार सिंहको सरुवा पछि गत बैशाख ९ गते डिभिजन बन कार्यालय रौतहटको प्रमुखको रूपमा कार्यभार सम्भालेका थिए । लामोसमय देखि रोकिएको बन पैदावरको ब्यवस्थापन प्रमुख यादवको सक्रियताले सुरु भएको छ । बिगतमा बन सम्म पहुच नभएका जिल्लाको दक्षिणीभेगका नागरिक लाई समेत समेटेर कुल २ करोड,१० लाख ७९ हजार बराबरको काठ पहिलो चरणमा उपभोक्ता लाई बितरण गरिएको उनले जानकार दिए । गत आर्थिकबर्षको विकासमा सबै प्रक्रिया पुरागरी ७८ प्रतिशत भौतिक प्रगति, ८४ प्रतिशत आर्थिक कार्य सम्पादन पुरागरेको डिभिजन बन कार्यालय रौतहटको तथ्यांकमा उल्लेख रहेको छ ।
जिल्लाको विभिन्न स्थानमा भएको बृक्षारोपन लाई नियमित अनुगमन,मरधड क्षेत्रमा ६ हेक्टर जग्गामा बृक्षारोपन गरि संरक्षणको लागि नेपाली सेनालाई हस्तान्तरण गरिएको डिएफओ अमरदेव यादवले बताएका छन् । बिपि पुष्पलाल सामुदायिक बनको अतिक्रमणमा परेको १०९ हेक्टर जग्गा बारा स्थित फास्ट ट्रेकको सेनालाई बृक्षारोपन गरि बिरुवा हुर्काउने जिम्मा दिईएको छ ।धन्सार सब डिभिजन अन्तर्गत अरुण बस्तीमा हाल्सालै अतिक्रमणको चपेटामा परेको जग्गा खाली गराई ब्यवस्थापन गरिएको छ ।
नेपाल प्रहरी,सशस्त्र प्रहरी ,स्थानीय प्रशासन र डिभिजन बन कार्यालय मातहतका कर्मचारीहरुको सहयोगमा आउदा केही समयभित्र अतिक्रमणमा रहेको बनको सम्पुर्ण जग्गा फिर्ता अथवा खाली गराउने प्रक्रियामा रहेको प्रमुख यादवले जानकारी दिएका छन् ।
डिभिजन प्रमुखको जिम्मेवारी लिएपछि केहिदिन अघिसम्म
जिल्लाभरिमा काठ चोरेका ४२ जनालाई कार्वाहीको दायरामा ल्याउनुको साथै १२ सय क्युफिट काठ बरामद गरिएको उनले बताए । त्यसैगरी काठ तस्करीमा प्रयोग गरिएको केही सवारीसाधन समेत बरामद गरिएको छ भने बिगतमा बरामद भएको अन्य सवारीसाधनको लिलामी प्रक्रिया अगाडि बढाईएको छ ।
बन संरक्षणको क्षेत्रमा सबै नाकाहरुमा गस्ती परिचालन गरि बन भित्र प्रवेश गर्ने चोर बाटोहरु बन्द गरिएको छ । चांडपर्वमा तस्करहरुले बढी काठ ढुवानी गर्ने बिगतको अनुभवको आधारमा यसपटक बडादशैं,तिहार,छठपर्वमा बिदामा नगएर २४ औं घन्टा बनको सुरक्षार्थ कर्मचारी परिचालन गरिएको डिएफओ अमरदेव यादवले जानकारी दिएका छन् ।
यश आर्थिक बर्षको लागि छलफल गरि पहिलो र दोस्रो चौमासिकको कार्यादेश तयार भैसकेको छ । साथै जिल्ला भित्रका सम्पुर्ण सामुदायिक तथा साझेदारी बन लाई सरल सुलभ तरिकाले काठ दाउरा बितरण गर्न निर्देशन दिएको बताए ।


